logo
शुक्रबार, साउन २९ २०८३

नेकपा–एमाले कमल गाउँ कमिटीको आयोजनामा समाजिक सञ्जाल प्रयोग बिषयक अन्तरक्रिया एवम् अभिमुखीकरण कार्यक्रम


  • कुइनेटो न्युज
  • बुधबार, भाद्र २० २०८०

कमल । नेकपा–एमाले कमल गाउँ कमिटीको आयोजनामा आज समाजिक सञ्जाल प्रयोग बिषयक अन्तरक्रिया एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा सम्मपन्न कार्यक्रममा उपस्थित सहभागीलाई नेकपा एमाले पोलिटब्यूरो सदस्य एवम् झापा जिल्ला ईन्चार्ज बिशाल भट्टराईले सहजीकरण गर्नु भएको थियो ।
पछिल्लो समय रेडियो, टेलिभिज पत्रपत्रीका भन्दापनि डिजिटल प्रविधिको विकास भएकोले त्यसलाई सहि तरिकाले प्रयोग गर्नसके पार्टीका हरेक गतिविधी आम जनतासम्म पुर्यन सकिने छिटो र भरपर्दो माध्यम भनेकै सामाजिक सञ्जाल भएको भट्टराईले बताउनु भयो ।
कार्यक्रममा केन्द्रिय सदस्य  रोमनाथ ओली ,प्रदेश कमिटी र जिल्ला कमिटी सदस्य जिल्ला प्रचार बिभाग सचिव प्रदिप परियार र प्रेस चौतारी सदस्य उमाकान्त खनाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नेकपा–एमाले)कमल गाउँ कमिटी उपाध्यक्ष पृथ्वीपती राईले गर्नुभएको थियो भने सञ्चालन गाउँ कमिटी सचिव हरिप्रसाद ढकालले गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend