कमल । श्री नं. २१ बाहिनी अड्डाले आज एक विषेश कार्यक्रमको आयोजना गरि वृहत फलफूलका विरुवा रोपेको छ ।
श्री पुर्वी पृतनापति उपरथी श्री आश बहादुर तामाङ (पिचए.डि.)को प्रमुख अतिथ्यतामा श्री नं. २१ बाहिनी अड्डाले आन्तरिक श्रोत साधनको परिचालन गर्दै बृहत फलफूल वृक्षारोपण कार्यक्रम २ अन्तर्गत २८ प्रजातिका ५ हजार २ सय १८ वटा फलफूलका बिरुवा रोपिएको श्री नं. २१ बाहिनी अड्डाले जनाएको छ ।
त्यसैगरी वाहिनी अन्तर्गत गणहरुका अधिकृत एमं सक्कल दर्जाहरुलाई प्रशंसा पत्र द्वारा सम्मान गर्नुका साथै वृक्षारोपण जस्तो महान तथा पवित्र कार्यमा वाहिनी संग हातेमालो र सहकार्य गर्दै व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग पुर्याएकोमा हिमशिखर टेलिभिजनका सम्वाददाता उमानाथ भण्डारीका साथै विभिन्न संघसस्था , उद्योगी, व्यवसायीलाई श्री पुर्वी पृतनापति उपरथी श्री आश बहादुर तामाङ (पिचए.डि.) बाट प्रशंसा पत्र द्वारा सम्मान गरीएको थियो ।
वृहत फलफूल वृक्षारोपण कार्यक्रम अन्तर्गत तत्कालिन बाहिनीपति सहायक रथी श्री आश बहादुर तामाङ (पिएच.डि.) को कार्यकालमा तोपगाछी व्यारेकलाई सुरक्षा क्याम्प व्यवस्थापन तथा फलफूलको बृक्षारोपण कार्यमा नमूना ब्यारेक बनाउने अवधारणा अनुरूप बृहत फलफूल वृक्षारोपण कार्यक्रम गरिएको थियो जसमा २२ थरीका फलफूलका १२ हजार ४४ वटा फलफूलका विरुवा रोपिएको थियो भने आज २८ प्रजातिका ५ हजार २ सय १८ वटा फलफूलका बिरुवा रोपिएको श्री नं. २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धन बहादुर थापाले बताउनु भयो ।
वृक्षारोपण गरिएका फलफुलका विरुवामा आँप एकसय ७० ,लिची एकसय ७०, सुपारी नौ सय १७ ,कागती चारसय ३०, अम्बा दुईसय ६ ओखर १० रुख कटहर दुई सय,सजिवन एक सय, काजु १५ बेल १०, अमला एकसय ५०, ईन्चाक २० रुदाक्ष एकसय ,तित्री ५०,हर्रो बर्रो एक सय ,एकसय ,नरिवल २०, निमपत्ता १० राजबृक्ष एकसय, म्याङ्गो स्टीक ,२० वीरेन्द्र फूल दुईसय , ज्याकाराण्डा दुईसय, वडहर तिनसय , अनार ३०, जारुल चारसय, तेजपत्ता,चारसय अशोका दुईसय ,कल्की फूल एकसय ,जामुन पाँचसय ९८ जम्मा ५ हजार २ सय १८ वटा फलफुलका विरुवा रोपिएको हो ।
सो अवसरमा बृहत फलफूल वृक्षारोपण कार्यक्रममा सहायक बाहिनीपति, झापा जिल्लामा तैनाथअरिदमन गणका गणपति र इलाम जिल्लामा तैनाथ रणशार्दुल गणका गणपति, विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, डिभिजन वन कार्यालय, भद्रपुर, जनताको तटबन्ध कार्यक्रमका सिनियर डिभिजन ईन्जिनियरज्, कृषि विज्ञज्यू , यूवा उद्योग व्यवसायी , शिवशताक्षी धार्मिक पर्यटन समितिका प्रतिनिधि , विभिन्न संघसंस्था प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।