यो जनै धारणको नाम उपनयन संस्कार नाम ले जान्दछौ,, उपनयन अथवा नजिक हुनु या जानु हो ,अब कसको नजिक हुनु भन्दा ,, ईश्वर को नजिक जानु हो ,,,मुख्य रूप मा हेर्दा जब बालक को उपनयन हुन्छ तब बाट शिक्षा संस्कार को मार्ग मिल्दछ,,,सबै जाति ,अनि वर्ण ले जनै लगाउने अधिकार छ,,हिन्दू सनातन धर्म ले जनै एक संस्कार को रूप मा प्रयोग लिएको छ,,,यो संस्कार एक सपथ जतिकै हो ,,अनुशासन मा गायत्री मंत्र को आधार ले शुभ कर्म लाई अंगालेर ,नयाँ जन्म लिनु हो ,,,,,,
धार्मिक दृष्टि ले के भन्छ भने
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।।
जब कुनै पनि बालक को उपनयन संस्कार हुन्छं तब उसको धार्मिक संस्कार सुरु हुन्छ उसले तेस पछि कुनै पनि कर्म गर्ने अधिकारी हुन्छ या अधिकार प्राप्त गर्दछ ।।
शास्त्र ले स्त्री जाती लाई जनाै लगाउनु पर्छ भनेर आदेश दिएको छैन किन कि
जनै मा 6 वटा धागो या डोरी रहेको हुन्छ 6 वटा मध्ये मा 3 वटा स्वयं को अनि 3 वटा पत्नी को कुल मिलाएर पति पत्नी को एउटा जनै ।। कति वटा देश देशन्तर मा यस्तो पनि देखिन्छ की जब बालक को उपनयन कर्म गरिन्छ तब 3 वटा सीखा वाला जनाइ लगाइन्छ,,जब विवाह हुन्छं फेरि 3वटा थपेर 6 वटा सिका वाला जनाइ पनि लगाइन्छ ।।
कुल मिलएर हेर्दा पति पत्नी कै अंश रूप उपनयन पुरुष ले नै धारण गर्नु पर्छ भन्ने धार्मिक मत छ ,,किन कि स्त्री जाती मा मासिक रजो दोष को कारण ले धार्मिक कर्म लाई त्याज्य मानिएको छ ।।।
वैज्ञानिक दृष्टि ले के भन्छ भन्दा , जनै ह्रदय बाट गएको हुन्छ जसको कारण ले जब स्नान गरिन्छ तब त्यो जनाइ मा जुन चिसो शीतलता हुन्छं त्यसको कारण ले ह्रदयरूपी नसा लाई सधैं शीतलता राख्ने भएको ले ह्रदय समन्धी बीमार को संभावना कम नै रहन्छ । जब कान मा जनाइ दिशा पिसाब लाग्दा बेरिन्छ तब दिशा पिसाब मा केही बाधा हुँदैन ,, पेट साफ रहने अनि गुप्तैन्द्री या पेट को बीमार हरु बाट मुक्ति दिन्छ,,,,,, चिकित्सा शास्त्र अनुसार कान मा अण्डकोष समन्धि नशा रहेको हुन्छ ,,जब कान मा जनाइ लगाएर दिशा पिसाब गर्छौ तब हामी लाई कुनै गुप्त रोग पनि रहँदैन ।। धर्म को दृष्टि ले नभएर वैज्ञानिक दृष्टि ले हेर्दा यस्ता अनेकौं फाइदा हरु छन् जो मानव को लागि कल्याणकारी छन ,,हामी ले अझै यसलाई जान्नु नितान्त जरुरी छ ।