कमल , फागुन २५ । फुटवलले मानिसलाई मनोरन्ज दिनुका साथै उर्जा प्रदान गर्दछ ।
झापाको कमल गाउँपालिकामा आज बाट प्रदेश स्तरीय प्रथम अध्यक्ष कप फुटवल प्रतियोगिताको उद्घाटन पछि शुभकामना मन्तव्यका क्रममा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सो कुरा बताउनु भएको हो ।
फुटवलले मनिसलाई मनोरन्जन का साथै उर्जा प्रदान गर्छ । भने मानसिक र शारिरिक रुपमा समेत स्वस्थ्य बनाउने भएकोले संसारभरिका मानिसले फुटवललाई रुचाउने गरेको दाहालले बताउनु भयो ।
खेलकुदको विकास गर्दै खेलाडीको पैचान गर्ने र समग्र र खेलकुद क्षेत्रको विकास गर्न प्रतियोगिता आयोजना गरेका छौ । गाउँपलिकाले खेलकुदको विकासका लागी यस आर्थिक वर्षमा ३७ लाख रुपैया विनियोजन गरेका छौ । वाड देखी प्रदेश स्तरिय सम्म प्रतियोगिता आयोजना गरेको कमल गाउाँपलिका का अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
कमल गाउँपालिका खेलकुद विकास समितीका संयोजक चतुर्भुज सुवेदीको अध्यक्षता सम्पन्न उद्घाटन खेलमा आमन्त्रि अथिती तथा खेलाडीलाई कमल गाउाँपलिकाका उपाध्यक्ष बेनु सिवाकोटीले शिब्दक शब्द द्वारा स्वगत गर्नु भएको थियो भने शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले सन्चालन गर्नु भएको थियो ।
आयोज कमललाई हराउदै टेम्के फुटवल क्लव धरान बिजयी
प्रदेश नम्वर १ का ८ वटा टिम सहभागी रहेको प्रतियोगिताको आजको पहिलो खेलमा आयोजक कमल गाउँपालिकालाई १ शुन्यको गोल अन्तरले हराउदै टेम्के
फुटवल क्लव धरान सुनसरी बिजयी भएको छ

खेलको पहिलो हाफको २५ औ मिनेटमा टेम्के फुटवल क्लव धरानका तर्फ बाट जर्सि नम्वर १४ का जनक कोईरालाले गोल गर्नु भएको थियो । सोहि गोलले टिमलाई बिजयी सावित गरायो ।आजको खेलको म्यान अफ म्याच धरान कै जनक कोईराला हुनु भएको थियो ।
प्रतियोगितमा प्रथम हुने टिमले नगद २ लाख नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउने छ भने द्वतिय हुने टिमले नगद १ लाख सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउने छ । त्यसैगरी म्यान अफ द म्याच प्रत्यक खेलमा हुनेले नगद २५ हजार सहित सहित ट्रफि,मेडल र प्रमाणपत्र , विधागत पुरस्कारमा जनहि ३ हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र र सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार सहित सहित ट्रफि,मेडल र प्रमाणपत्रे पाउने कमल गाउँपलिका खेलकुद विकास समितीका संयोजक चतुर्भुज सुवेदीले जानकारी दिनुभयो ।
प्रतियोगिता कमल गाउँपालिका खेलकुद विकास समितीको आयोजना र कमल गाउँपालिका को आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिता गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खा खेल मैदानमा सन्चालित हुदैछ । प्रतियोगिताको फाईनल खेल २०७८ साल चैत २ गते हुने छ ।