logo
शुक्रबार, साउन २९ २०८३

उद्यमशील महिला जागरण केन्द्रका द्वारा उत्कृष्ट उद्योगी तथा व्यवसायीलाई सम्मान


  • उमानाथ भण्डारी
  • शनिबार, भाद्र ९ २०८०

कमल ÷ विभिन्न बिधाका उत्कृष्ट उद्योगी तथा व्यवसायीलाई सम्मान गर्दै उद्यमशील महिला जागरण केन्द्रको पाचौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
झापाको कमल गाउँपालिका ३ केर्खामा कार्यलय रहेको सस्थाले वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनको अवसर पारेर विभिन्न उद्योगी तथा व्यवसायीलाई सम्मान गरेको हो ।
सस्थाले गाउँपालिका बाट प्राप्त गरेको रकमलाई सहिरुपले सदुपयोग गर्दै महिलाहरुलाई व्यावसायीक रुपमा अगाडी बढ्न ठुलो सहयोग पुर्याएको प्रशंसा गर्दै आगामी दिनमा गाउँपालिकाको तर्फ बाट थप सहयोग गर्ने कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
सस्थाले विभिन्न समयमा सञ्चालन गरेका सिपमूलक तथा आत्मनिर्भरता तालिमको सदुपयोग गर्दै बसायी बनि रहेका र बन्ने तयारीमा रहेका विभिन्न विधाका उत्कृष्ट ६ जनालाई दोसल्ला र प्रशंशा पत्र सहित सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनमा ढाका बुनाई तालिमको सिप सिकेर व्यवसायी बन्न सफल हुनु भएकी कमल ३ की विमला शेर्पा , मूढा बनाउने तालिमको सिप सिकेर घरमै व्यवसायीक रुपमा मुडा निर्माण गर्दै आउनु कमल १ का बज्र बहादुर कार्की ,गुडिया निर्माण तालिमको सिप सिकेर व्यवसायीक रुपमा गुडिया निर्माण कार्यलाई निरन्तरता दिई रहनु भएकी मिथिला नगरपालिका ९ ढल्केबर निवासी भागीरथी न्यौपाने कार्की सम्मानि हुनु भएको छ ।
त्यस्तै धार्मिक दृष्टीले अति उपयोगी सरल लागतमा बन्न सक्ने घरमै फुर्सदको समयमा पनि गर्न सकिने परालको जुत्ती निर्माण गर्दै आउनु भएकी कमल ३ निवासी विष्णु कुमारी भूजेल ,डिक्ट बाट माला बुनाई तालिमको सिप सिकेर घरमै व्यवसायीक रुपमा माला निर्माण कार्यलाई निरन्तरता दिई रहनु भएकी कमल २ सिर्जना श्रेष्ठ र ड्राईभिङ्ग तालिम सिकेर सफल ट्याक्सी चालक व्यवसाय गरि रहनु भएका कमल ६ का दिपक भट्टराईलाई सम्मान गरिएको सस्थाकी कोषाध्यक्ष बेदमाया वाग्लेले जानकारी दिनुभयो ।
२०७४ सालमा स्थापना भएको सस्थाले समाजका महिलालाई क्षमता अभिबृद्धी सम्बन्धी गोष्ठी, आत्मनिर्भर बनाउनकालागी विभिन्न सिपमुलक तालिम प्रदान गर्नुका साथै प्राकृतिक पर्यावरणको लागी सामाजिक उत्तरदायीत्व , सम्बन्धिका विभिन्न तालिम सन्चालन गरेको सस्थाकी अध्यक्ष शान्ता उप्रेती दाहालले बताउनु भयो ।
केन्द्रकी सहसचिव नन्दा कुमारी सुब्बाले सन्चालन गरेको कार्यक्रममा उपस्थित अतिथी तथा सहभागीलाई कोषाध्यक्ष बेदमाया बाग्लेले शाब्दीक शब्द द्वारा स्वागत मन्तव्य राख्नु भएको थियो । मेचि सामुदायकि सिकाई केन्द्रमा निवर्तमान अध्यक्ष मात्रीका नेपाल, डिप्रोक्स लगुवित्त वित्तिय सस्थाका प्रदेश प्रतिनिधी सुर्य विष्ट, कमल ३ की महिला वडा सदस्य भगवती राई र केन्द्रका सल्लाकार यमनाथ दाहाल लगायतले साधारण सभा सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend