कमल गाउँपालिका द्वारा ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुई दर्जन बढी महिलालाई सम्मान गरेको छ ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा गर्दै विश्वभर महिला दिवस मनाउने प्रचलन सुरुगरिएको हो ।
यसै क्रममा आज कमल गाउँपालिकाले समेत विभिन्न कार्यक्रम गर्दै ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
अघिल्लो बर्ष को महिला दिवसको अवसर मा प्रदेश स्तरीय भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने ९ जना खेलाडी लाई नगद २० हजार सहित सम्मान पत्र द्वारा सम्मान गरिएको कमल गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख रेनुका गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी गाउँपालिका स्थित सामुदायीक विध्यालयका महिला प्रधानाध्याक अन्तरगत मिनादेबी लावती, बचना राई,ईन्दिरा खनाल र कौशिला पौडेललाई गाउँपालिकाले सम्मान गरिएको थियो ।
कार्यक्रममा सामाजिक रुपमा अग्रज महिला तर्फ हरिमाया लोहनी,टिका देबी कार्कि,दिलमाया कार्कि,कामक्षा देबी निरौला,विन्दा खतिवडा,मायादेबी कार्कि,पदम कुमारी राई,देवीमाया सिटौलालाई समेत महिला दिवसको अवसरमा सम्मान पत्र र दोसल्ला बाट सम्मान गरिएको थियो ।
उद्यमि महिला तर्फ,जुनु बज्रचार्य सिलाई बुनाई,सरिता राई पुष्प व्यवसायी,गंगादेबी राजवंशी सिटी चालक,अम्विबा कडेल टेलरिङ, सरिता राई होटल व्यवसायी, शान्ता भण्डारी किराना पसल,दुर्गा कार्कि सिलाईकटाई लाई समेत सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
त्यसैगरी अखिल नेपाल महिला संघ कमल गाउँकमिटी ले समेत विभिन्न कार्यक्रम गरि ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
कार्यक्रममा नेकपा एमालेका संगठित जेष्ठ सदस्य हरिमायाँ दाहाल र देवजन बास्कोटालाई दोशल्ला , लौरो र छाता द्वारा कार्यक्रमका प्रमुख अतिथी नेकपाएमाले केन्द्रिय सदस्य तथा कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सम्मान गर्नु भएको थियो ।
‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । अखिल नेपाल महिला संघले समेत प्रमुख स्थानमा महिलाको सहभागिता सुनिष्चित हुनु पर्छ भन्दै आज देशभर कार्यक्रम गरिरेको नेकपाएमाले केन्द्रिय सदस्य तथा कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ भने नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
यसरी मनाउन थालियो श्रमिक महिला दिवस
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो ।