कमल । कमल गाउँपालिकामा रहेका आदिवासी जनजातिलाई लक्षित गरेर एक दिने अभिमुखीकरण तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका ५ स्थित रोड स्टार पार्टिप्यालेसको सभाहलमा सम्पन्न कार्यक्रममा कमल गाउँपालिकामा रहेका १९ वटा जातीय संघ संस्थामा आवद्ध आदिवासी जनजातिको उपस्थिति रहेको थियो ।
पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी परम्परागत ज्ञान सीपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि ,भाषा र संस्कृतिको संरक्षण गरौँ । भन्ने नाराका साथ कार्यक्रममा उपस्थित सहभागीलाई समाजशास्त्री तथा डाक्टर कृष्ण भट्टचन र अधिवक्ता शंकर लिम्बुले सहजीकरण गर्नु भएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कमल गाउँपालिकाका अध्यक्ष बदीराम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, झापा अध्यक्ष पाण्डवलाल चौधरी, किराँत याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य चन्द्रकला आङ्गदेम्बे,आदिवासी रङ्गशालाका कार्यवाहक अध्यक्ष दिपेन वाला राई लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । 
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कमल गाउँपालिकाका उपाध्यक्ष तीर्थ कुमार ताजपुरियाले शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राख्नु भएको थियो भने सचिव मोक्तान तामाङमाले सञ्चालन गर्नु भएको थियो ।