logo
शुक्रबार, साउन २९ २०८३

नेपालको समृद्धि र विकासको मोडालिडी परिवर्तन गर्न आवश्यक ः मन्त्री किराती


  • उमानाथ भण्डारी
  • बुधबार, साउन २४ २०८०

कमल । संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले नेपालको समृद्धि र विकासको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेककोे बताउनु भएको छ ।
झापाको कमल गाउँपालिका ५ स्थित आदिवासी रङ्गशालामा सम्पन्न २९ औं विश्व आदिवासी दिवसको उद्घाटन पछि शुभकामना मन्तव्यका क्रममा मन्त्री किरातीले सो कुरा बताउनु भएको हो ।

            पारस राई

नेपालको माटोमा पलाएको फुलेको फक्रिएको राजनीति विचारधारा मात्र अब समृद्ध नेपाल निर्माण हुन सक्दैन तत्कालका लागी यो मेरो व्यक्तिगत कुरा भएपनि अब सबैले यसलाई बहसको बिषय बनाउन आवश्यक रहेको मन्त्री किरातीले बताउनु भयो ।

       भरत श्रेष्ठ

अब पनि हामीले यसलाई सच्याउन सकिएन भने हामी अगाडी बढ्न सक्दैनौ. । हिजोको राणा शासन , पञ्चायत र बहुदलको बेलामा जस्तो गरिएको विकास हामि लाई चाईदैन । त्यसैले देशको समृद्ध र विकासको लागी अब मोडालिटी परिवर्तन गर्नै पर्ने मन्त्री किरातीले बताउनु भयो ।
नेपालको जस्तो बहुभाषिक बहुँ सांस्कृतिक जातजाती, भाषाभाषी भएको मुलुक संसारमा काँही पनी नभएकोले यसको संबद्र्धन र प्रवर्द्धनमा समेत आफु लागी परेको मन्त्री किरातीले बताउनु भयो ।

ज्ञापन पत्र बुझाउदै ः दिपेन वाला

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद झापाका अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजशास्त्री डाक्टर कृष्ण भट्टचन, अधिवक्ता शंकर लिम्बू ,सामाजिक अभियन्ता डकेन्द्र सिं थेगिम, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा आदिवासी रङ्गशालाका कार्यवाहक अध्यक्ष दिपेन वाला राईले रङ्गशाला निर्माणमा सरकारको ध्यानाकर्षण गदै मन्त्री किरातीलाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ कमल गाउँपालिकाका अध्यक्ष नदिराम राईले स्वगत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ झापाका पूर्व अध्यक्ष पारस राई र भरत श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend