logo
शुक्रबार, साउन २९ २०८३

झापाको कमल ४ बन्यो पालिकाकै पहिलो बालमैत्री वडा , अध्यक्षद्वारा बालमैत्री वडा घोषणा

फागुनसम्ममा गाउँपालिका बालमैत्री घोषणा गरिने


  • उमानाथ भण्डारी
  • सोमबार, फाल्गुन २३ २०७८

कमल , फागुन २३ । झापाको कमल गाउँपालिका वडा नम्वर ४ ले वडालाई वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको छ । बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी आवश्यक पर्ने ५१ वटा सुचक मध्ये वडा नम्वर ४ ले सबै सुचक पुरा गरेपछि आज एक कार्यक्रमका बिच वडालाई पालिकाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको हो ।
कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार “खुशी राखाँै बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ २०७८ साल फागुन मसान्त भित्र गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा गर्न हरेक वडाले प्रतिवद्धता जनाएका थिए । सबै सुचक पुरा भएकालको सोमबार वडा नम्बर ४ लाई पालिकाको पहिलो वालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा गरिएको हो । एक कार्यक्रमका बिच गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले वडा नम्बर ४ लाई बालमैत्री वडा घोषणा गर्नुभएको हो ।
त्यसैगरी अध्यक्ष काफ्लेले भन्नुभयो “अब चाडैनै अन्य वडाहरुलाईपनि बालमैत्री घोषणा गरेर पालिकालाईनै बालमैत्री बनाउने गाउँपालिकाको योजना रहेको छ ” ।
सबैभन्दा पहिले बालमैत्री घोषणा गर्ने वडालाई गाउँपालिकाको विकास बजेट बाट १० लाख रुपैया समेत प्रदान गरिएको छ । सो रकम बालबालिकाको बृत्ती बिकासमा खर्च गरिने ४ नम्बर वडाका वडाध्यक्ष प्रेमबहादुर राईले जानकारी दिनुभयो ।
सो वडामा कुल जनसंख्याको २८ दशमलब १५ प्रतिशत बालबालिका रहेको जानकारी गराउँदै वडाका सचिब पर्शुराम तिम्सिनाले बालमैत्री स्थानीय शासन अवलम्बनको सुरुवाती चरणमा वडामा रहेको अवस्थाको बारेमा जानकारी समेत गराउनु भएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले २०७८ सालको फागुन मसान्तसम्ममा गाउँपालिकाका सबै वडालाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य रहेको र सबै वडा बालमैत्री घोषणा भईसकेपछि गाउँपालिका स्वत बालमैत्री स्थानीय तह हुने उल्लेख गर्नुभयो । केहि प्राबिधिक कारणले २÷४ दिन ढिला भएपनि यसै बर्ष कमल गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने गाउँपालिकाको लक्ष्य रहेको राईले बताउनुभयो ।
बालमैत्री वडा घोषणा कार्यक्रममा बिहाबारी २० बर्ष पारी भन्ने सन्देश सहितको नाटक समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम सुरु हुनु अघि बिभिन्न विद्यालयका बिद्यार्थीहरु र्याली सहित कार्यक्रमस्थलमा आएका थिए । वडाध्यक्ष प्रेमबहादुर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend