logo
शुक्रबार, साउन २९ २०८३

शधमाविका शिक्षकलाई आईसिटी वेश शिक्षण सिकाई अभ्यास तालिम प्रदान


  • कुइनेटो न्युज
  • मंगलबार, साउन १६ २०८०

कमल  । कमल गाउपालिका ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विध्यालयले आफ्ना शिक्षकलाई आईसिटी वेश शिक्षण सिकाई अभ्यास तालिम प्रदान गरेको छ ।

विध्यालयले कक्षा कोठालाई प्रविधिमैत्री बनाउदै शिक्षण सिकाईलाई प्रभावकारी बनाउने उद्येश्यीयले विध्यालयमा कार्यरत शिक्षकलाई सात दिने आईसिटी वेश शिक्षण सिकाई अभ्यास तालिम प्रदान गरीएको विध्यालयले जनाएको छ । तालिममा सहभागी शिक्षकलाई सहजकर्ता ईन्द्र  कार्कीले सहजीकरण गर्नु भएको थियो ।

“हामि तयार छौ., बालबालिका उत्सुक छन्, प्रविधि युक्त कक्षा कोठा आजको आवश्यकत” भन्ने नाराका साथ कक्षा कोठा बाट परम्परागत शिक्षण प्रविधिलाई विस्थापित गर्दै कक्षा कोठालाई समय अनुकुल प्रविधिमैत्री बनाउन शिक्षक तयार भएपनि विध्यालयका सबै कक्षा कोठामा प्रविधिमैत्री नभएकोले गर्दा तालिममा सिकेका कुरा विध्यार्थि माझ पुर्याउन नसकिने विध्यालयमा कार्यरत अग्रेजी विषयका संयोजक राजेन्द्र गुरागाँईले बताउनु भयो ।

विध्यालयका प्रधानाध्यापक मधुसुधन अधिकारीको अध्यक्षमा सम्पन्न तालिम समापन कार्यक्रममा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने शिक्षक महासंघ कमलका अध्यक्ष हिमप्रसाद दाहाल विध्यालय व्यवस्थापन समितिका सदस्य लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रम विध्यालयका शिक्षक शिक्षक भिमचन्द्र न्यौपानेले सन्चालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend