logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका वालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणाको अन्तिम तयारीमा


  • कुइनेटो न्युज
  • शनिबार, साउन ६ २०८०

कमल । झापाको कमल गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्नकालागि अन्तिम तयारी भै रहेको छ ।
बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी सबै वडाले आवश्यक पर्ने ५१ वटा सुचक पुरा गर्नु पर्नेहुन्छ । आवश्यक ५१ वडा सुचक पुरा गर्न बाँकी रहेका वडा मध्ये ५ , ६ र १ अन्तर्गत आज वडा नम्वर ५ र ६ अनुगमन गरिएको छ ।
कमल गाउँपालिका गाउँ कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार “खुशी राखाँै बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा गर्ने निर्णय गरेको थियो । सोही निर्याणलाई कार्यान्वयन गर्दै आगामी २०८० साल भदौ २९ गते राष्ट्रिय बाल दिवसका अवसरमा गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणागर्ने गरी तयारी भै रहेको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिनुभयो ।


अनुगमनका क्रममा ५ नम्वर वडा अध्यक्ष लाल बाहादु विष्टले वडाको प्रगती विवरण सुनाउदै बालमैत्री वडा घोषणाकालागी आवश्य पर्ने ५१ वटा सुचक आफ्नो वडाले पुरा गरेको बनाउनु भयो । वडा लाई यो अवस्था सम्म ल्याउनकालागी सहयोग गर्नुहुने वडा बाल सन्जाल, टोल विकास सस्था, विध्यालय परिवार, विभिन्न संघ सस्था, राजनितीदल लगायतको सहयोगले मात्र यो अवस्थामा आई पुगेको अनुगमनका क्रममा विष्टले जानकारी दिनुभयो ।
बालमैत्री वडा घोषणाकालागी केहि सुचक बाँकी रहेपनि त्यसलाई पुरा गर्दै लगिने छ । यो काम गाउँपालिका एक्लैले मात्र सम्भव हुदैन त्यसैले सबैको साथ र सहयोग अनिवार्य हुन्छ । हरेक वालबालिकाले कानुनले प्रदत्त गरेको अधिकार पाउनुपर्छ । आजका बालबालिका हामि भन्दा सक्षम भएका छन् । त्यसैले हरेक कार्यक्रममा उनिहरुको सहभागिता अनिवार्य रहेको गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।
गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा गर्न शैद्धान्तिकुरामा सहज भएपनि व्यवहारीक कठीनाईहरु धेरै छन् । त्यसैले यसको निरन्तर खबरदारी गर्दै अगाढी बढ्न सबै कमलवासी जनताको उत्तिकै महत्वपुर्ण भुमिहुन्छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend