कमल । याक्थुङ लिम्बु जातिको मुन्धुम अनुसार मौलिक पहिचान बोकेको रक्षा कवचको प्रतिक “सिलाम् साक्मा” को आज एक कार्यक्रमका बिच कमल गाउँपालिका ३ केर्खामा स्थापना गरिएको छ ।
आज विधिवत रुपमा स्थापना गरिएको सिलाम् साक्मा को किराँत याक्थुमङका केन्द्रिय सदस्य चन्द्रकला लिम्बुले अनावरण गर्नु भएको थियो ।
किराँत याक्थुमङको मुन्धमअनुसार पृथ्वीतलमाथि मुख्य नौ देवलोकहरु भएकाले देवताको थान वा आराधनास्थाल बनाउँदा नौ तला , सात तला बनाई पुजा आर्चना गर्ने परम्परा लिम्बु जातिहरुको प्रतलित रीतिमा पाईन्छ ।
पृथ्वीलेखी माथिका देवलोकमा पृथ्वीलोक, आत्मालोक,आकाशलोक, न्यायलोक, सत्यलोक, उज्ज्वललोक, तपलोक,पवित्रलोक बैकुण्ठलोक रहेका छन् । त्यसलाई लिम्बु समुदायमा जन्मदेखी मृत्यु सम्म विभिन्न तिनै नौ लोक का आधारमा सस्कार मनाईने परम्परा रहेको छ । यिनै नौ ग्रहको पुजा गर्ने विधिविधान रहेको र तिनै नौ ग्रहलाई एकमुष्ट भन्दा सिलाम् साक्मा नामले बोलाउने गरिएको किराँत याक्थुमङका प्रमुख सल्लाकार सुर्य प्रसाद लिम्बुले बताउनु भयो ।
लिम्बुजातिको मुन्धुम अनुसार सत्यलोकदेखी माथितिर उज्ज्वललोक छ । उज्ज्वललोक देखी माथी तिर तपलोक छ र तपलोक देखी माथी पवित्रलोक रहेको विश्वस गरिन्छ ।
त्यस्तै तपलोक देखी माथी पवित्रलोक , पवित्रलोक देखी माथी बैकुण्ठलोक,बैकुण्ठलोक देखी माथी तागेरा निङवाफुमामाङ विराजमान रहनु भएको छ भने बैकुण्ठलोक देखी माथी अरु कुनै लोक नरहेको विश्वस गरिएको छ । सिलाम् साक्मा भएको स्थानमा कुनै पनि गलत काम हुदैन भन्ने जनविश्वस समेत रहेको लिम्बुले बताउनु भयो ।
सिलाम् साक्मा निर्माण समितिका अध्यक्ष गोपाल साम्राको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किराँत याक्थुमङका गाउँ देखी केन्द्र सम्मका दुई दर्जन भन्दा बढी नेताहरुको उपस्थिती रहेको थियो ।