logo
शुक्रबार, साउन २९ २०८३

 श्रावण ०१ गतेको राशीफल


  • कुइनेटो न्युज
  • सोमबार, साउन १ २०८०

मेषः नवीन कार्यकाे थालनी हुनेछ । विशिष्ट ब्याक्तिले तपाईकाे सहयाेग गर्नेछन् । धनार्जनका नयाँ श्रोत पत्ता लाग्नेछन । आफन्त जनकाे साथ सहयोग मिल्नेछ ।

वृषः नयाँ समाचारले मनमा आनन्द छाउनेछ। अध्यायन अध्यापनमा प्रगति हुनेछ दामपत्य जीवन सुखमय रहनेछ । रोकिएका काम सुचारू हुनेछन् ।

मिथुनः नयाँ वस्त्र अलङ्कार वा उपहारले विभूषित हुने याेग छ । दैनिक कार्यमा प्रगति हुनेछ । जाेश जाँगर र हिम्मतमा वृद्धि हुनेछ ।

कर्कटः व्यर्थकाे मानसिक तनावले सताउनेछ । यात्रा गर्दा सतर्क रहनु हाेला बाधा व्यवधान आउनेछन् कुकुरलाई खान दिएर थालनी गरेकाे कामले सफलता पाउनेछ ।

सिंहः बुद्धिकाे प्रयाेग ले गरिएकाे काम साध्य हुनेछ । बोलीकाे भरमा काम बन्नेछन् । उद्याेग वा रचनात्मक कामले गतिशिलता लिनेछ ।

कन्याः शुभ समाचार सुन्न पाईने छ । नजिककाे मित्रबाट साथ सहयाेग मिल्नेछ । आफ्नाे क्षेत्रमा प्रभुत्व जमाउ सकिनेछ । अतिथिको सत्कार गर्ने अवसर मिल्नेछ ।

तुलाः नसाेचेकाे ठाउँबाट धन प्राप्त हुनेछ । धार्मिक तथा सांस्कृतिक कार्यमा सहभागी भइनेछ । समाजले तपाईंकाे गुणगान र प्रशंसा गर्नेछ ।

वृश्चिकः आज अध्यायन अध्यापन तथा आर्थिक क्षेत्र खस्केर जानेछ । मनमा वेचैनले डेरा जमाउन सक्छ । बिचार गरेर मात्र निर्णय लिनु उचित हाेला भँगेरालाई खान दिएर काम थाल्नु हाेस।

धनु: पारिवारजन  वा जीवन साथीकाे सल्लाहमा गरिएका कामले सफलता पाउनेछ । मनमा हर्ष उल्लास र उमङ्ग छाउनेछ ।

मकरः काम देखाएर मात्र अरूकाे मन जित्न सकिन्छ । साथी भाइ र आफन्तबाट साथ र सहयोग मिल्नेछ । साँझपख केही आकस्मिक खर्च हुन सक्छ ।

कुम्भः आफ्नै कार्य दक्षतामा कामहरू बन्नेछन् । साहित्य संगीत र कलाकाे क्षेत्रमा रूचि बढ्नेछ । पारिवारिक सद्भाव र स्नेहमा वृद्धि हुनेछ ।

मीनः समय अनुकुल छैन संयम रहनु हाेला काममा विध्न बाधा आइपर्नेछन् । तर साझपख नजिककाे साथीकाे सुझावले मन हलुकाे हुनेछ गाईलाई खान दिएर कामकाे सुरूवात गर्नु हाेला ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend