logo
मंगलबार, कार्तिक ११ २०८३

गायिका रचना रिमालको‘फर्कि आउ मेरो हजुर ’ सार्वजनिक


  • कुइनेटो न्युज
  • आइतबार, असार २४ २०८०

काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार हुन  प्रमिला बस्नेत । उनको रचनामा रहेको नयाँ गीत  ‘फर्कि आउ मेरो हजुर ’ बोलको गीत सार्वजनिक भएको छ । गायिका रचना रिमालको सुमधुर  आवाजमा रहेको गीतमा हजारौ सपना बोकेर परदेशमा गएको श्रीमान र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको सषर्ध लाई गीतमा देखाइएको छ । परदेशीभुमीमा गरेको परिश्रम र स्वदेशमा डाडाँ पाखामा घाँस दाउरा गर्दै आफनो जिवन यापन गरिरेहेकी एक नारीको वेदनालाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ ।

मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बताइन । मौलिक पन र नेपाली माटो र घरातललाई गीतमा समेटन खोजिएको छ ।

विकाश चौधरीको संगीत तथा रुपन सिंह गुरुङ्गको एरेन्जमा तयार गरिएको गीतमा खेम थापा मगरको छायाँकन ,विर बहादुर थारुको सम्पादन तथा दयाराम घिमिरेको निर्देशन गीतमा रहेको छ । गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीतहरुलाई पनि दर्शकले धेरै मन पराएका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend