logo
शुक्रबार, साउन २९ २०८३

माङमालुङ चिया बगान लिमिटेडको आज २६ औं र २७ औं बार्षिक साधारण सभा सम्पन्न


  • उमानाथ भण्डारी
  • शनिबार, असार २३ २०८०

कमल । माङमालुङ चिया बगान लिमिटेडको आज २६ औं र २७ औं बार्षिक साधारण सभा एकै दिन सम्पन्न भएको छ ।
माङसेबुङ्ग गाउँपालिका ६ चिसोपानी पञ्चमीमा कार्यलय रहेको चिया बगानले दमक स्थित कञ्चनजङ्गा बहुउद्देश्य सहकारी सस्थाको सभाहलमा साधारणसभा सम्पन्न भएको थियो । साधारण सभाको उद्घाटन झापा क्षेत्र नम्वर ५ ख का प्रदेशसभा सदस्य होम बहादुर थापाले गर्नु भएको थियो ।


माङमालुङ चिया बगान लिमिटेडका अध्यक्ष किरणकुमार मुकाङ्गको अध्यक्षतामा सम्पन्न साधारणसभामा आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ को वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन र आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ को वासलात तथा नाफा नोक्सान

आर्थिक वर्ष २०७९÷०८०को लागी लेखा परिक्षकको नियुक्त तथा पारश्रमीक निर्धारण , चियाको हरियो पत्ति उत्पादन, प्रशोधन तथा तयारी चिया विक्रि वितरण, बैकल्पिक खेती तथा खालि जग्गा व्यवस्थापन लगायतका विषयमा साधारण सभाले छलफलगरी पारित गरेको छ । कार्यक्रमको सन्चालन संचालक समितिमा सदस्य मणिकुमार भण्डारीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend