कमल । झापाको कमलमा पहिलो पटक वृत्ती परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ ।
नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको खोजीमा रहेका युवायुवतीहरुबीच समन्वयकारी भुमिका निर्वाह गर्न मद्धत पुरयाउने उद्धेश्यले कमल गाउँपालिकाको आयोजना र कमल उद्योग वाणिज्य संघ सँगको सहकार्यमो शनिवार मेला सम्पन्न भएको हो ।
हेल्भटास नेपालको प्राविधिक सहयोगमा कमल गाउँपालिका ३ स्थित केर्खामा केर्खा खैल मैदानमा बिहान ९ बजेदेखि ३ बजे सम्म सञ्चालन भएको मेला जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालले उद्घाटन गर्नु भएको थियो ।
यस्ता मेलाले कमल गाउँपालिका भित्र रहेका रोजगार दाता र रोजगारीको खोजिमा रहेका व्याक्तिलाई समन्वय गराउनमा ठुलो मद्धत पुग्छ । अहिलेको समयमा सिप नभएको व्याक्ति बेरोजगार बस्नु पर्छ । सिप र प्रविधी संग जोडिएको व्याक्ति बेरोजगार बस्नु पर्दैन । सिप नभएको व्याक्ति देश तथा विदेशमा समेत बेजगार बस्न बाध्यहुने भएको यो कार्यक्रम मार्फत गाउँपालिकाका सम्पुर्ण युवालाई सिप सहितको रोजगारमिा जोड्न सहयोग पुग्ने जिल्ला समन्वय समिति झापाका सभापति बरालले बताउनु भयो ।
गाउँपालिका भित्र रहेका रोजगार दाता र रोजगारीको खोजिमा रहेका युवाहरुलाई एकै ठाउँ भेला गराएर रोजगारी श्रृजना गर्ने उद्येश्यका साथ गाउँपालिकाले यो भेला आयोजना गरेको हो । यस्ता कार्यक्रम मार्फत कमल गाउँपालिकाका रहेका सोजगार दाता र रोजगारको खोजिमा रहेका युवालाई समन्वय गराई रोजगारीको अवसर प्रदान गर्ने तर्फ गाउँपािलका लाग्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।
मेलामा कमल गाउँपालिका लगायत छिमेकी पालिकाका रोजगार शाखा, गाउँपालिकामा सञ्चालित प्राविधिक शिक्षालय, गाउँपालिकाका उद्यमी व्यवसायीहरुले उत्पादन गरेका उत्पादनहरु लगायतको स्टल रहको थियो ।
गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले रोजगारका अवसरहरुको बारेमा सुसुचित गराउने मुख्य लक्ष्यसहित स्थानीय उत्पादनहरुको बजारीकरण र प्रवद्र्धनका लागि समेत यो मेला सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपानेले सन्चालन गर्नु भएको थियो भने स्वगत तथा कार्यक्रमको उद्येश्य माथी कार्यक्रम संयोजक उमानाथ भण्डारी प्रकाश पार्नु भएको थियो ।