logo
शुक्रबार, साउन २९ २०८३

सवारी दुर्घटनामा परी बालकको मृत्यु


  • उमानाथ भण्डारी
  • बिहिबार, असार ७ २०८०

कमल । सवारी दुर्घटनामा परी आज एक बालकको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका स्थित केर्खा क्याम्पा सडक खण्ड अन्तर्गत केराधापमा आज दिउसो ४ बजे भएको सवारी दुर्घटनामा परी ७ वर्षिय बालकको मृत्यु भएको हो ।

केर्खा बाट बैगुनधुरा जाँदे गरेको मे १ ख १५१८ नम्वरको बसले ठक्कर दिएपछि घाईते भई उपचारकालागी अस्पलताल लैजाने क्रममा कमल गाउँपालिका ३ बगानेटोल निवासी कमल थापाका ७ वर्षिय छोरा जनम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापा स्थानिय कञ्चनजङ्ग माध्यमिक विध्यालयमा कक्षा १ मा अध्यायनरत हुनुन्थ्यो । विध्यालय विदा भएर घरजाने क्रममा बसले थापालाई ठक्कर दिएको थियो ।

अत्याधिक गतिका कारण बालकको मृत्यु भएको भन्दै स्थानिय आक्रोसीत भनेका थिए । आगामी दिनमा मुख्य सडकका साथै शाखा सडकमा समेत ट्राफिक पोष्ट स्थापना गर्नु पर्ने स्थानिय कुलचन्द्र आचार्यले बताउनु भयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend