logo
शुक्रबार, साउन २९ २०८३

पहिलो पटक वडा बाल भेला बाट बिर्तामोडमा योजना तर्जुमा सम्पन्न


  • कुइनेटो न्युज
  • मंगलबार, असार ५ २०८०

बिर्तामोड । बिर्तामोड २ मा वडा स्तरीय बाल भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर २ को आयोजनामा पहिलोपटक आयोजित भेला बाट बालबालिकाले आगामी बर्षको योजना तर्जुमा गर्दै सम्पन्न भएको हो ।
वडाले बाल मैत्री बनाउने योजना अनुसार विभिन्न गतिविधि गर्दै आएको छ ।
आईतवार बाट सुरु भएको कार्यक्रममा योजना छनौट,नेतृत्व बिकास तथा बाल मैत्रीका बिषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो ।
जिल्ला बाल संजाल झापाका अध्यक्ष अभिषेक मिश्र ,अस्लेशा कडेलले योजना तर्जुमाको सहजीकरण गरेका थिए।
बालबालिकाको मानसिक बिकास तथा क्षमतालाई सहयोग पुर्याउदै बाल मैत्री बाताबरण निर्माण गर्न कार्यक्रम आयोजना गरिएको बताईएको छ । पबित्रा पौडेलले सहजीकरण गरेको कार्यक्रममा वडा भित्र संचालित ८ वडा सामुदायिक तथा संस्थागत बिद्यालयमा रहेका बाल क्लबको सहभागीता रहेको थियो ।
उज्यालो चारपाने बाल क्लबका अध्यक्ष ऎलिना तिम्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष किशोरकुमार पौडेलले बालबालिकाका हरेक समस्याको समाधान गर्दै बाल मैत्री वडा निर्माणमा जुट्न आग्रह गर्नुभयो । उनले बालबालिकाका सवालमा जिम्मेवार बन्न आग्रह गर्दै भाबी नेतृत्व स्थापित गर्न बालबालिका लाई लगानी गर्न वडा कार्यालय तयार रहेको बताउनु भयो ।
कार्यक्रममा मोहनमाया माध्यमिक बिद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ , सहभागी सगिना लावती ,एलिजा भट्टराई ,सुरज पौडेल लगायतले तालीम उपलब्धि मुलक भएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend