मधुमल्ला। मोरङ्ग जिल्लाको मिक्लाजुङ्ग गाउँपालिकामा पछिल्लो समय शिक्षा र स्वस्थ्यको क्षेत्रमा निकै परिवर्तन आएको छ ।
दोश्रो कार्यकालकालागी निर्वाचित जनप्रतिनिधी आएपछि शिक्षा र स्वस्थ्यको क्षेत्रमा यति ठुलो परिवर्तन आएको हो ।
गाउँपालिकाका जनता शिक्षित भए विकास आफै हुदै जान्छ भन्ने कुरा लाई ध्यानमा राखेर गाउँपालिकाले शिक्षाको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ । जसकालागी सामुदायीक विध्यालयको भौतिक पुर्वाधारका साथै शैक्षिक गुणस्तर सुधारकालागी गाउँपालिकाले वडा नम्वर ३ स्थित कालिका सामुदायीक माध्यमिक विध्यालयलाई स्कुल वस प्रदान गरेको गाउँपािलकाका अध्यक्ष बबी कुमार राईले जानकारी दिनुभयो ।
त्यस्तै गाउँका जनतालाई सहज र सरल रुपमा स्वस्थ्य सेवा उपलब्ध गराउनकालागी गाउँपालिका को वडा नम्वर ९ मा रहेको मधुमल्ला अस्पताललाई नगर अस्पतालमा स्तर उन्नतिगरी स्वस्थ्य सेवा प्रदान गरिरहेको छ । गाउँका विपन्न परिवारलाई गाउँपालिकाको तर्फ बाट स्वस्थ्य विमा मार्फत सेवा उपलब्ध गराउने गरेको अध्यक्ष राईले बताउनु भयो ।
मोरङ्ग जिल्लाको उत्तर पुर्वि भागमा मिक्लाजुङ्ग गाउँपालिका पर्दछ । तराई र पहाड संग जोडिएको यस गाउँपालिमा तराईका सम्म भुभाग देखी अग्ला पहाड समेत रहेका छन् ।
भौगोलिक बनोटमा अत्यन्त्रै धेरै विविधता भएको हुँदा पर्यटकिय क्षेत्रमा समेत मिक्लाजुङ्ग गाउँपालिकाले धेरै सम्भावना बोकेको छ । यस गाउँपालिकामा पर्ने रमिते, आईतवारे, बैकुण्ठेडाँडा चुलीपोखरी,नेसेलुङ भ्युटावर बाट अत्यन्तै मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । शिक्षा र स्वस्थ्य सगै गाउँपालिकाले पुर्वाधार, कृषी, पर्यटनका क्षेत्रमा काम गरिरहेको छ । गाउँका महिला तथा युवालाई व्यासायीक बनाउदै रोजगारी श्रृजनाका लागी विभिन्न तालिम समेत सन्चालन गरेको गाउँपालिकाले जनाएको छ ।