कमल । पतंजलि योग समिति कमलको आज सम्पन्न पुनःगठन कार्यक्रम बाट अध्यक्षमा तिलोचन गौतम चयन हुनु भएको छ ।
त्यसैगरी समितिको उपाध्यक्ष प्रेम प्रसाद विमली,महामन्त्री मोहनलाल खनाल संगठन मन्त्री घनश्याम प्याकुरेल,कोषाध्यक्ष रविन्द्र प्रकास चापागाई चयनहुनु भएको निर्वाचन समितीका सदस्य दुर्गा प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै समितिको सदस्यमा मेदनी प्रसाद कोईराला,लैन बहादुर पौडेल,भिम नेपाल, उमेश श्रेष्ठ,देबी प्रसाद चापागाई,विरेन्द्र सहनी,दुर्गा अधिकारी र डिक बहादुर लिम्बु तथा सल्लाकार समितिको संयोजकमा बालकृष्ण अधिकारी,दिवाकार पौडेल र गोपाल भट्टराई चयन हुनुभएको भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा पतंजलि योग समिति कमलका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद ओझा जिल्ला सदस्य र प्रदेशले सन्चालन गर्ने सहयोग शिक्षकको प्रशिक्षकमा मनोनित हुनुभएकोमा सम्मान गरी एको थियो ।
नव निर्वाचित समितिलाई कोशि प्रदेश महामन्त्री लक्ष्मी प्रसाद काफ्ले, महिला पतंजलि योगसमिति झापाकी अध्यक्ष प्रेमकला निरौला लगायतले बधाई तथा कार्यकाल सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
निर्वाचन समितिका संयोजक सुशिल निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रेम प्रसाद विमलीले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो भने नव निर्वाचित समितिका तर्फ बाट अध्यक्ष तिलोचन गौतमले प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो । कार्यक्रम झापा जिल्ला मिडिया प्रभारी उमानाथ भण्डारीले सन्चालन गर्नु भएको थियो ।