logo
शुक्रबार, साउन २९ २०८३

आयोजक शिवशताक्षीलाई घरेलु मैदानमा हराउदै कमल गाउँपालिका सेमि फाईलनमा प्रवेश


  • कुइनेटो न्युज
  • बुधबार, फाल्गुन १८ २०७८

कमल , फागुन १७ । आयोजक शिवशताक्षीलाई घरेलु मैदानमा हराउदै कमल गाउँपालिका सेमि फाईलनमा प्रवेश गरेको हो ।
अन्तरपालिका स्तरिय नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलवार भएको खेलमा आयोजक शिवसताक्षी नगरपालिकालाई शुन्यका विरुद्ध १ गोलले हराउदै कमल गाउँपालिका सेमिफाईनलमा प्रवेश गरेको छ ।
खेलको दोश्रो हाफको २० मिनेटमा कमल गाउँपालिकाका तर्फ बाट जर्सि नम्वर ७ का दिपेन गिरीले गोल लगाउनु भएको थियो । गिरीले लगाएको गोलले नै कमल गाउँपालिका विजयी भएको हो ।
प्रतियोगितामा झपाका १५ वटै पालिकाका कर्मचारी विच प्रतिष्पर्धा भैरहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ट्रफी , मेडल र प्रमाणपत्र पाउने छन् भने द्वितिय हुनेले नगद ३५ हजार रुपैया सहित ट्रफी , मेडल र प्रमाणपत्र पाउने छन् । त्यसैगरी मेन अफ द म्याच २ हजार उत्कृष्ट गोल किपर ५ हजार, उत्कृष्ट डिफेन्स ५ हजार, उतकृष्ट मिड फिल्डर ५ हजार, उत्कृष्ट स्टाईगर ५ हजार अधिकतम गोलकर्ता ५ हजार र सर्वोकृष्ट खेलाडी ६ हजार रुपैया सहित ट्रफी , मेडल र प्रमाणपत्र पाउन शिवसताक्षी नगरपालिका खेलकुद विकास समितीका अध्यक्ष फुर्वा लामाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend