logo
शुक्रबार, साउन २९ २०८३

विश्व वातावरण दिवसका अवसरमा सामाजिक सस्थाले रोप्यो एक हजार बिरुवा


  • मदन अधिकारी
  • मंगलबार, जेष्ठ २३ २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा रहेको गुह्येश्वरी सामाजिक सस्थाले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ ।
सस्थाले पाडाजुँगी चोक उत्तर हिमाली मार्ग हुदै जगनाथी होली सम्म करिब एक हजार कल्की जातका विरुवा रोपेको छ । डिवीजन बन कार्यालय झापाको सिफारिस अनुसार डिवीजन वन कार्यालय धनकुटाले सहयोग स्वरुप विरुवा उपलब्ध गराएको थियो ।

एक औपचारीक कार्यक्रमका बिच सुरु भएको सो कार्यक्रममा प्रमुख आतिथि २१ बाहिनी अड्डाका बाहिनीपति धन बहादुर थापा रहनु भएको थियो । सो कार्यक्रममा सशस्त्र प्रहरी वल शिक्षालयका डि.एस.पि. लोकेन्द्र सुवेदी,३८ नम्बर गणका डि.एस.पि. महेशराज बिष्ट,इलाका प्रहरी कार्यालय दमकका डि.एस.पि.मनोज कुमार लामा ,जनप्रतिनिधि, कमल गापा शिक्षा समिति सदस्य साथै स्मारिका स्कुलका प्रिन्सिपल गुणराज गिरी ,स्थानिय सहकारी सस्थाका अध्यक्ष,पूर्व वडाध्यक्ष,शिक्षक,समाजसेवी,महिला समूह,बाल क्लब,स्काउट समेतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले बढ्दो वातावरण प्रदुषण लाई न्युनिकरण गर्नका निमित्त संस्थाले सञ्चाल गरेको बृक्षारोपण कार्यक्रम सराहनिय रहेको बताउनु भयो र उक्त रोपिएका विरुवाको संरक्षणका निमित्त आवश्यक परे वाहिनी अड्डाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । उक्त कार्यक्रमको औचित्य माथि समाजसेवी, पूर्व वडाध्यक्ष डम्बर निरौलाले प्रस्ट पार्नु भएको थियो । संस्थाका अध्यक्ष गोपाल बहादुर निरौलाको अध्यक्षतामा भएको सो कार्यक्रमलाई सहयोग गर्नका निमित्त नेपाली सेना,सशस्त्र प्रहरी बल समेत सहभागिता रहेको संस्थाका सल्लाहाकार समिति सदस्य विष्णु प्रसाद खनालले जानकारी दिनु भयो ।
वातावरण संरक्षणका गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जुन ५ लाई ‘विश्व वातावरण दिवस’ मनाईन्छ । यो वर्ष ‘प्लास्टिक प्रदूषणलाई हराऔँ ’ भन्ने मुल नाराका साथ विश्वभर यो दिवस मनाईयो ।नेपालमा पनि ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यो दिवस मनाईयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend