logo
शुक्रबार, साउन २९ २०८३

कमला बालक्लवको अध्यक्षमा बस्नेत र सचिवमा लिम्बू निर्वाचित


  • उमानाथ भण्डारी
  • शुक्रबार, जेष्ठ १२ २०८०

कमल ÷ शुक्रवार विहान ११ बजे कमल गाउँ पालिका २ स्थित कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय पुग्दा टन्टलापुर घामको कुनै पर्वाह नगरी मतदानकालागी विध्यार्थी लाईन लागेका थिए ।
गतवर्ष बैशाक ३० गते सम्मपन्न स्थानिय तहको निर्वाचनको झझल्को दिने गरी सम्पन्न निर्वाचन कुनै राजनिती दलको नभएर विध्यालयमा गठीत कमला वालक्लवका पदाधीकारीको बिच निर्वाचन भएको हो ।
कक्षा ६ देखी ११ कक्षा सम्मका २ सय ९३ जना विध्यार्थी निर्वाचनमा सहभागी भएका थिए । निर्वाचन बाट बालक्लवको अध्यक्षमा १ सय ५१ मत प्राप्त गरी राजु बस्नेत निर्वाचित हुनुभएको थियो भने वहाँका प्रतिपर्धी हरी अधिकारीले ९५ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै सचिवमा १ सय २८ मत प्राप्त गरी अमित लिम्बु निर्वाचित हुनुभएको थियो भने वहाँका प्रतिपर्धी खेममणी अधिकारीले १ सय १३ मत प्राप्त गर्नु भएको मतदान अधिकृत तथा बालक्लवका संयोजक दुर्गा प्रसाद पराजुलीले जानकारी दिनुभयो । समितिको बाँकी पदमा सर्ब सम्मत भै सकेको विध्यालयले जनाएको छ ।
विध्यालयमा गठीत बालक्लवका पदाधिकारीको निर्वाचन भैरहेको छ । बालक्लवका अन्य पदाधिकारीमा सर्व सम्मत भएपनि अध्यक्ष र सचिवकालागी यो निर्वाचन भएको हो । यसले विध्यार्थीलाई निर्वाचन प्रणाली कस्तोहुन्छ भनेर सिक्ने अवसर समेत मिलेको छ । भने सामाजिक विषयमा प्रजातान्त्रीक अभ्यास भनेर पाठ्यक्रममा सिकान्छ भने त्यसलाई विध्यार्थीले प्रयोगात्मक रुपले सिक्ने अवसर मिलेको विध्यालयका प्रधानाध्याक हिमप्रसाद दाहालले जानकारी दिनुभयो ।
यस्तो निर्वाचन बाट विध्यार्थीलाई प्रजातान्त्रीक अभ्यासका साथै निर्वाचन प्रणाली कस्तो हुन्छ भनेर सिक्ने अवसर मिलेको छ । सामाजिक विषयमा प्रजातान्त्रीक अभ्यासका विषयमा सिक्ने अवसर समेत मिलेको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपानेले बताउनुहुन्छ ।
कमल बालक्लवको विधान अनुसार अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सह सचिव १, कोषाध्यक्ष १ र दुई जना मनोनित सहित १२ जना सदस्य रहेने व्यवस्था भएकोले सोही विधान सम्वत यो निर्वाचन भएको हो । निर्वाचनले विध्यार्थीलाई प्रजातान्त्रीक अभ्यास का साथै निर्वाचन प्रणालीका विषयमा सिक्ने अवसर मिलेको मतदान अधिकृत तथा बालक्लवका संयोजक पराजुलीले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend