कमल । पशुपालनकालागी प्रचुर सम्भावना रहेको दक्षिणी ईलामको चुलाचुली गाउँपालिका कृषक यति बेला पशुपालन व्यवसाय तर्फ आकर्षित हुन थालेका छन् ।
अन्य विकल्प नभएका गाउँपालिकाका कृषक पशुपालन तर्फ लाग्न थालेपछि विविभन्न वित्तिय सस्थाले उनिहरुलाई पशुपालन सम्बन्धि तालिम प्रदान गर्न थालेका छन् ।
यसै क्रममा चुलाचुली गाउँपालिका वडा नम्वर ४ स्थित पाथिभरा बचत तथा ऋण सहकारी सस्था को आयोजना तथा महिला जागरण संघ ईलाम र सम्वृद्ध पहाड परियोजना ईलामको सहयोगमा दुई दिने पशुपालन सम्बन्धि तालिम सम्पन्न भएको हो ।
तालिममा चुलाचुली गाउँपालिकामा व्यवसायीक रुपमा पशुपालनमा आवद्ध ३० जना कृषक सहभागी रहेका थिए । तालिममा सहभागी कृषकलाई पशु स्वास्थ्य प्राविधिक उमानाथ भण्डारीले सहजी करण गर्नु भएको थियो ।
ईलमाम जिल्लामा रहेका धेरै सहकारी सस्था सँग समन्वय गर्दै कृषककालागी विभिन्न कार्यक्रम गर्दै आईरहेको महिला जागरण संघ ईलामले पाथिभरा सहकारी सस्था संग समन्वय गरेर पशुपालन सम्बन्धि तालिम सन्चालन गर्न पाउदा आफुलाई धेरै हर्षित भएको महिला जागरण संघ ईलामकी अध्यक्ष अनुजा सिवाकोटीले बताउनु भयो ।
तालिम लिएर प्रमाणपत्र सिरानीमुनीमा राख्ने होईन , त्यसलाई व्यवहारमा लागुगर्नु पर्छ तब मात्र तालिम लिएको औचित्य हुन्छ । यो तालिम धेरै महत्वपुर्ण छ , यसले तपाईहरुलाई जिवीको पार्जनकालागी ठुलो सहयोग पुग्ने चुलाचुली गाउँपालिका ४ नम्वर वडा अध्यक्ष सागर जेवेगुले बताउनु भयो ।
तालिम बाट तपाईहरुले पशु पालन गर्दा आईपर्ने विभिन्न समस्याका साथै पशुमा लाग्ने विभिन्न रोगका बारेमा जानकारी पाउनु हुनेछ भने पशुपालन गर्दा आईपर्ने कतिपय समस्या तपाईहरु आफैले समाधान गर्न समेत सक्षमहुनेमा आफु ढुक्क भएको सस्थाका अध्यक्ष पदमकेशर लिम्बुले बताउनु भयो । 
वर्षौ देखी पशुपालन गर्दै आएपनि हामिले धेरै कुरा कमजोरी गरेका रहेछौ त्यो कुरा तालिम बाट सिक्ने अवसर प्राप्त भयो । आगामी दिनमा थप तालिम पाउनेमा हामी आशावादी छौ यस तर्फ सहकारीले ध्यान दिनुपर्ने सहभागी नरमायाँ दंगालले बताउनु भयो ।
तालिम प्रभावकारी भएपनि समय छोटो समय भएका कारण धेरै कुरा सिक्न सकिएन तर । तर जेजति सिक्यौ अत्यन्तै प्रभावकारी भयो । यस बाट हामिले पशुपालन गर्दा आई पर्ने विभिन्न समस्या लाई समाधान गरेर आफ्नु उत्पादन बढाउन सकिने अर्का सहभागी तुलाचन पौडेलले बताउनु भयो ।
पछिल्लो समय यस क्षेत्रका कृषकको पशुपालन तर्फ निकै आकर्षण बढेको छ । तर स्थानिय तहका साथै विभिन्न वित्तिय सस्थाले उत्पादनमा ध्यानदिए पनि बजारी करणमा ध्यान नप्र्याउदा कृषकले उत्पालन गरेको बस्तु खेर गै रहेको छ । यस प्रति सम्बन्धित निकायले ध्यान दिन सके मात्र यस्ता तालिमको औचित्य हुने छ । नत्र तालिमा गरेको लाखौ रुपैया बालुवा पानि हाले सरह हुने यसक्षेत्रमा लागेका व्यवसायी बताउछन् ।
तालिम उद्घाटन कार्यक्रममा सहकारी सस्थाका सन्चालक ऋतु प्रसाद अधिकारी,व्यवस्थापक ओमनाथ ढकाल, चुलचुली गाउँपालिका पशुसेवा शाखा प्रमुख महेश राई, सहकारी विभाग प्रमुख तारा काफ्ले, सम्वृद्ध पहाड परियोजना ईलामका प्रमुख प्रज्वल भट्टराई लगायतको उपस्थिती रहेको थियो ।