logo
शुक्रबार, साउन २९ २०८३

जेष्ठ १० गतेको राशीफल


  • कुइनेटो न्युज
  • बुधबार, जेष्ठ १० २०८०

मेष–
घरखर्च बढ्नेछ, आयआर्जनमा कमी आउने सम्भावना छ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।  । स्वास्थ्यमा देखापर्ने समस्याले सताउन सक्छ।
वृष–
अरूको भरपर्दा काम बिग्रन सक्छ। सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ ।  सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
मिथुन–
 नजिकका साथीभाइ टाढिन सक्छन्। टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ। पहिलेके लगानी तथा श्रमबाट राम्रै प्रतिफल पाइएला।
कर्कट–
 आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। धार्मिक क्षेत्रमा र धर्मकर्ममा मन जानेछ ।
सिंह–
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नेकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ। यात्रामा ध्यान दिनु होला ।
कन्या–
खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन्। आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। तर मान सम्मान प्राप्त हुनेछ ।
तुला–
सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ भने शत्रू भयपनी रहन्छ ।
वृश्चिक–
 आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। दाजुभाइ,सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ।
धनु–
विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ। पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला। खाने कुरामा विशेष ध्यान दिनुहोस ।
मकर–
 काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ।
कुम्भ–
 शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ।आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्।
मीन–
बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ।अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend