logo
शुक्रबार, साउन २९ २०८३

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेती नियुक्त


  • कुइनेटो न्युज
  • शनिबार, जेष्ठ ६ २०८०

विराटनगर । कोशी प्रदेश सरकारको शुक्रवार बसेको बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री प्रध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ । उप्रती यसअघी महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन पेशा हुनुहुन्थ्यो भने त्रिभूवन विश्व विद्यालयको राजिष्ट्रार पदको जिम्मेवारी समेत पुरा गरिसक्नु भएको छ ।
त्यस्तै कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानूनी परापर्श लिइ सरोकारवालासँग थप छलफल गर्न सामााजिक विकास मन्त्रालयमा पठाउने निर्णय समेत मन्त्री परिषदले निर्णय गरेको छ । भने
विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई पोशाक सुविधा प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरिएको कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend