logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकाले सुरु गर्यो आगामी आ.व. २०८०÷०८१ का लागी कार्यक्रम तथा आयोजना संकलन कार्यक्रम


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख ३० २०८०

कमल । झापाको कमल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागी टोल स्तरिय भेला बाट कार्यक्रम तथा आयोजना संकलन कार्य सुरु गरेको छ ।
चालु आर्थिक वर्षमा स्विकृतगरी सन्चालनमा ल्याईएका योजना तथा कार्यक्रको प्रभावकारीता कार्य सम्पन्नताको मुल्याङ्कनगरी त्यसको अनुभवको आधारमा आगामी आर्थिक वर्षका लागी कार्यक्रम तथा आयोजना छनौटकालागी वडा कार्यालय बाट सुचना प्रकाशन गरिएको छ ।
योजना छनौट गर्दा आम वडा वासी नागरिकलाई फाईदा पुग्ने र रोजगार तथा आयमुलक योजना छनौट गर्नुपर्ने हुन्छ । टोल स्तरिय भेलबाट बाट छनौट गरीएका योजना वडा कार्यालयमा पठाउनुपर्ने वडा बाट सुचना प्रकाशन गरिएको छ ।

२ नम्वर को सुचना

३ नम्वर को सुचना

५ नम्वर को सुचना

६ नम्वर को सुचना
वडा कार्यलय अन्तर्गतका वस्ति भेलाबाट आएका आयोजना तथा कार्यक्रम वडा समितिले प्रथमिकताको आधारमा छनौट गरी गाउँपालिकामा पठाउने गर्दछ । वडा बाट सिफासिर भएर आएका योजना लाई गाउँसभाले पास गरी बजेट, नीति तथा कार्यक्रम पुस्तिकामा प्रकाशन गरेपछि कार्यान्वयनको चरणमा पुग्ने कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend