logo
शुक्रबार, साउन २९ २०८३

विकास निर्माण सगै अन्य क्षेत्रमा समेत ४ नम्वर वडा अगाडी


  • उमानाथ भण्डारी
  • शुक्रबार, बैशाख २९ २०८०

कमल । भापाको कमल गाउँपालिकाको ४ नम्वर वडा विकास निर्माणका साथै अन्य गतिविधीमा समेत अब्बल रहेको छ ।
गाउँपालिकाकै ठुलो वडाका रुपमा रहेको यस वडामा विकास निर्माणका साथै शिक्षा, स्वस्थ्य ,कृषी लगायतका क्षेत्रमा समेत अब्बल रहेको छ ।
यस वडामा खोला नाला र खोल्सा खोल्सिमा वर्षाको समयमा बाढी आएका कारण एउटा टोल बाट आर्को टोल सम्म पुग्न निकै समस्या थियो । तर पछिल्लो समय जनप्रतिनिधी आएपछि वडामा पुर्वाधारका तर्फमा उल्लेखनिय विकास भएपछि यस्तो समस्या हटेको छ ।
वडाभित्र रहेका विभिन्न खोलामा कतै पक्कि पुल निर्माण भएका छन् भने कतै फलामे फुल र कल्भर्ट निर्माण भएपछि स्थानियलाई वर्षैभरी आवतजावतमा सहज भएको स्थानिय महेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।
यस अघि एउटा टोल बाट अर्को टोलमा जना वर्षाको समयमा निकै घुमेर जानुपर्ने बाध्यता थियो भने अहिले १२ महिना आवतजावत गर्न सहज भएको श्रेष्ठ बताउनुहुन्छ ।


यस वडामा साना ठुला धेरै खोला र होली छन् वर्षाको समयमा आवतजावत गर्न समस्या थियो र तर अहिले हामीले धेरै ठाउमा पुल र कल्भर्ट निर्माण गरेका र्छौ जसका कारण स्थानिय बासीलाई एउटा टोल बाट अर्को टोलमा आवत जावत गर्न सहज भएको वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराईले बताउनु भयो ।
शिक्षा तर्फ


जाहाँ शिक्षा त्याहाँ विकास त्यसैले जव सम्म शिक्षाको विकास हुँदैन तबसम्म अन्य कुराले खासै महत्व राख्दैन त्यसैले वडावासी सबै जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकियोस भनेर वडामा रहेका सामुदायिक विध्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारकालागी विध्यालयमा पक्कि भवन निर्माणलाई प्राथमिकता दिएको छ भने खेलकुदको क्षेत्रमा कभर्टहल समेत निर्माण भएको वडा सचिव पर्शुराम तिम्सिनाले जानकारी दिनुभयो ।
स्वास्थ्य तर्फ
स्वस्थ्यको क्षेत्रमा एउटा स्वस्थ्य चौकी समेत नभएको यस वडामा अहिले आधारभुत स्वस्थ्य चौकी बाट वडावासीलाई सहज रुपमा स्वस्थ्य सेवा प्रदान गरिरहेको वडा अध्यक्ष भट्टराईले बताउनु भयो ।
त्यसैगरी वडामा रहेका दलित आदीवासी तथा गरीवलाई विरामी भएर वाहिर गएर उपचार गर्नु परेमा सहजहोस भनेर स्वास्थ्य विमामा कार्यक्रम अन्तर्गत वडाको तर्फ बाट स्वस्थ्य विमा समेत गरिएको अध्याक्ष भट्टराईले बताउनु भयो ।
कृषी तर्फ
त्यसैगरी वडाले कृषिको क्षेत्रमा समेत धेरै काम गरेको छ । वडाका अधिकाँस जनता कृषी र पशुपालन व्यवसायी भएकोले त्यसको विकासकालागी वडा कार्यलयको तफै बाट
त्यस्तै ५० प्रतिशत अनुदानमा कृषकका गोठमा भएका पशुलाई एकघर एक पशुविमा कार्यक्रम अन्तर्गत पशुविमा सन्चालन गरिएको छ भने सुत्केरी पशु (गाई र भैंसी) लाई पोषिलो आहारा अन्तर्गत निःशुल्क रुपमा क्याल्सिय र मिनरल वितरण गर्ने गरेको वडा कार्यालयले जनाएको छ ।
सस्कार संस्कृती तर्फ
विभिन्न जातजातीको वसोवास हुने यस वडामा रहेका जातजातीको संस्कार र संस्कृती संग जोडीका विभिन्न पेशालाई स्थाईत्व दिदै उनिहरुलाई व्यवसायी बनाउन कालागी समेत वडाले कार्यक्रम सन्चालन गरिरहेको वडा सदस्य नविन राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend