कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री हरिकीर्तन मुक्तेश्वर शिवालय मन्दिरको आयोजनामा आज बाट श्रीमद् गणेश उपपुराण सप्ताह ज्ञान महायज्ञको सुरु गरेको छ ।
मन्दिरको सार्वाङ्गिण विकास गर्दे उद्देश्यीयले २७ औं वार्षिक अनुष्ठानको उपलक्ष्यमा श्रीमद् गणेश उपपुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको मन्दिर सञ्चालक समितिले जनाएको छ ।
आज शोभायात्राका साथमा मण्डपपुजा गर्दै पाठ कथाप्रारम्भ गरिएको थियो । जीर्ण शीर्ण भएको मुक्तेश्वर शिवालय मन्दिर निर्माणधिन अवस्थामा रहेको मन्दिर निर्माणको कामलाई पुरागर्ने। धर्म संस्कृतिको धरोहर गुरुकुल विध्यालयको व्यवस्थापन गर्ने, सस्थाको जग्गामा निर्माणाधीन गुरुकुल भवन र सामुदायिक भवनलाई सम्पन्न गर्ने र मन्दिरको जग्गा घेराबारा गर्ने लगायतका उद्देश्यीयले सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको मन्दिरका सचिव छबीलाल ढकालले जानकारी दिनुभयो ।
महापुरानका प्रमुख वाचक पं दुर्गा प्रसाद खतिवडा, कथा व्यास , पाठबाचक पं गंगाराम रिमाल कथा व्यास, पाठबाचक पं सिताराम तिम्सिनाले गर्नुहुने छ । हरेक दिन बिहान ७ बजे देखी ९ बजे सम्म पुजा आरती पुष्पाञ्जली, १०.३० बजे सम्म र १०.३० देखी ३.३० बजे सम्म संगीतमय कथा प्रवचन आरती टीकाप्रसाद ग्रहण तथा साँझा ७ बजे देखी ९ बजे सम्म भजन कर्तिन ज्ञानमञ्च हुने छ ।
मन्दिर सन्चालक समितिका अध्यक्ष पण्डित दुर्गा प्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईराला, कमल गाउँपालिका शिक्षा शाखा प्मुख सुर्य प्रसाद न्यौपाने लगायतले सप्ताह ज्ञान महायज्ञको सफताको शुभकामना सहित आफुले सकेको सहयोग गर्ने
मन्दिर सन्चालक समितिका सह सचिव पण्डित गंगाराम रिमालले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पुराण आगामी जेठ २ गते सम्पन्न हुने छ