logo
शुक्रबार, साउन २९ २०८३

आज राष्ट्रिय पत्रकारिता दिवस, नागरिकलाई सुसुचित गराउन सरकार भन्दा प्रेसको भुमिका बढी–मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • आइतबार, बैशाख २४ २०८०

कमल । नेपालमा समाचारमुलक पत्रिका ‘गोरखापत्र’को प्रकाशन आरम्भ भएको ऐतिहासिक दिन । यस दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभकामना सन्देश जारी गर्दै सूचना, शिक्षा र मनोरञ्जनको माध्यमबाट नेपालको राजनीतिक, सामाजिक परिवर्तन, तथा सरकारलाई खबरदारी गर्दै राष्ट्रिय सङ्कटका बेला नेपाली समाजलाई एकतावद्ध वनाई राष्ट्र निर्माणमा नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरेका छन ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक पत्रकारिता क्षेत्रको प्रणवायु भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार, र सूचनाको हकलाई नेपालको संविधान २०७२ मा मौलिक हकको रुपमा व्यवस्था गरिएको स्मरण गराएका छन ।
संबैधानिक रुपमै व्यवस्थित गरिएका हकहरुको पूर्णरुपमा संरक्षण र कार्यन्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि कोशी प्रदेश सरकार प्रतिवद्ध र स्पष्ट रहेको पनि मुख्यमन्त्री कार्कीले जनाउनु भएको छ . wish to national jr day
सिमीत छापा माध्यमबाट सुरु भएको नेपाली पत्रकारिताले सूचना प्रविधिमा आएको विकाससँगै रेडियो, टेलिभिजन हुँदै अनलाइनमार्फत आफ्नो भूमिका निर्वाह गरिरहेको छ । सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारलाई हामी सबैले सम्मान गर्न जरुरी हुन्छ – जारी सन्देशमा भनिएको छ ।
सन्देशमा भनिएको छ– नागरिकलाई सुसूचित गराउन सरकार भन्दा स्वतन्त्र प्रेसको भूमिका बढी हुन्छ, त्यसैले निर्भिकताका साथआफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न राष्ट्रिय पत्रकारितादिवसले नेपाली प्रेस जगतलाई थप प्रेरणा र हौसलाप्रदान गरोस । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश सरकारले पनि हरेक वर्ष प्रदेश भित्रका क्रियासिल अग्रज पत्रकारहरुलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ मार्फत सम्मान गर्दै आएको छ र यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको कोशी प्रदेश सरकारले जनाएको छ ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend