logo
शुक्रबार, साउन २९ २०८३

बैशाख २३ गतेको राशीफल


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख २३ २०८०

मेष–तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ ।

वृष–आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ। नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ ।

मिथुन–झैझगडा बाटा टाडा रहनुहोस बोलिको बिपरित अर्थ लाग्न सक्छ । काममा जोश जांगर आउनाले मन भने प्रफुल्ल होला, सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ ।

कर्कट–नोकरि तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन, सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ ।

सिंह–काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

कन्या–सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ  ।स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ ।

तुला–वादविवादमा पर्न सकिन्छ एकदमै सावधान रहनु होला, अनायसै रुपैयापैसाको पनि क्षती हुने दिन छ  । आफ्नै कमजोरीले विवादमा परिने योग छ ।

वृश्चिक–स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला ।सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ ।

धनु–काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन्, खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला ।

मकर–तपाईंको  प्रशंम्सा गर्नेहरु बढ्नेछन्, ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ / व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ साथै धनलाभ पनि हुनेछ ।

कुम्भ–भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ, शरिरमा सामान्य रोगले पनि सताउन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ ।

मीन–टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ  । अवसर आए पनि विचारेर मात्र नया काम सुरु गनु होला कतै टाढाको यात्राको संभावना छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend