logo
शुक्रबार, साउन २९ २०८३

अपाङ्गता सवालम्बन समुह कमल ३ द्वारा सहायक सामाग्री वितरण


  • उमानाथ भण्डारी
  • शुक्रबार, बैशाख २२ २०८०

कमल । कमल गाउँपालिका ३ स्थित कमल अपाङ्गता सवालम्बन समुहले आज एक कार्यक्रमका बिच वडामा रहेका अपाङ्गता भएका व्याक्तिलाई सहायक सामाग्री वितरण गरेको छ ।
कमल गाउँपालिका ३ नम्वर वडा कार्यलयको आर्थिक सहयोगमा अपाङ्गता भएका आर्थिक विपन्न नागरिकलाई साहायक सामाग्री वितरण साथै सरोकारवाला संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
वडा भित्र बसोवास गर्ने १४ जना अपाङ्गता भएका आर्थिक विपन्न नागरिकलाई गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले सहायक सामाग्री प्रदान गर्नु भएको हो ।
वितरण गरिएका सहायक समाग्रीमा ह्विलचियर,बैशाखी,सोतो छडी, लौरो,एल्वो लठी , बच्चाकालागी डाईफर लगायतका सामाग्री वितरण यरिएको थियो ।
कोही व्याक्ति जन्मदै अपाङ्गता हुन्छ भने कोही व्याक्ति विभिन्न कारणले अपाङ्गता हुन्छ । यसमा वहाहरुको कुनै गल्ति हुदैन त्यसैले हामिसबैले अपाङ्गता भएका व्याक्तिलाई समान व्यवहार गर्नु पर्छ ।
अवसर पाएमा अपाङ्गता भएका व्याक्तिले सपाङ्ग व्याक्ति जस्तै काम गर्न सक्छन् । यसकालागी नेपाल सरकारले विशेष कक्षा मार्फत निःशुल्क शिक्षा प्रदान गरिरहेको छ भने कमल गाउँपालिकाले समेत यो व्यवस्था मिलाएको छ । गाउँपालिकाको तर्फ बाट अपाङ्गता भएका व्याक्तिलाई निःशुल्क स्वस्थ्य विमाका साथै सिपमुलक तालिम प्रदान गरिरहेको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
परिवारको कुनै सदस्य अपाङ्गता छ भने त्यसले परिवारमा कति ठुलो समस्या ल्याउछ भन्ने कुरा त्यो परिवारलाई मात्र थाहाहुन्छ । उसले आफ्नो परिवार भएको अपाङ्गता व्याक्तिलाई स्याहार गर्दै घरमा बस्नेहो भने परिवारको दैनिक खर्च चलाउनलाई धौ धौ पर्छ । त्यसैले गाउँपालिका बाट यस्ता अपाङ्गता भएका व्याक्तिलाई एकै ठाउमा जम्मा गरेर हेरचाहागर्ने व्यवस्था मिलाउन सके परिवारका अन्य सदस्य रोजगारीकालागी घरवाहिर जान सक्ने अपाङ्गता भएका व्याक्तिका अभिभावक अनुसा जबेगुले बताउनु भयो ।
कमल अपाङ्गता सवालम्बन समुह कमल ३ का अध्यक्ष देबु चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ नम्वर वडासदस्य केशरा बर्देवा, शहिद धर्मभक्त माध्यमिक विध्यालय कमल ३का प्रधानाध्यापक मधुसुदन अधिकारी ,समाजसेवी विरेन्द्र कुमार याक्थुम्वा,शेलिना राई लगायतले सहायक समाग्रीले अपाङ्गता भएका व्याक्तिलाई ठुलो सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रम कमल अपाङ्गता सवालम्बन समुह कमल ३ की सचिव सरस्वती बस्नेतले सन्चालन गर्नु भएको थियो ।
,

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend