logo
शुक्रबार, साउन २९ २०८३

योग शिविर समापन भोलि बाट नियमित कक्षा सञ्चालन


  • उमानाथ भण्डारी
  • शनिबार, बैशाख १६ २०८०

कमल । पातन्जलि योग समिति कमलको आयोजना तथा भवनेश्वरी किर्तन मण्डली कमल ६ र ७ को व्यवस्थापनमा सन्चालित ५ दिने निःशुल्क योग विज्ञान शिविरको आज एक औपचारीक कार्यक्रम गरी सम्पन्न भएको छ ।

२०७१ साल फागुनमा कमल गाउँपालिका ३ केर्खामा स्थापना भएको योग समितिले गाउँपालिकाको प्रत्येक वडा र टोलमा शिविर सन्चालन गर्दै आएको छ ।
यसैक्रममा कमल ७ को गेउरीयमा सन्चालीत शिविर आज बाट समापन भएको र भोलि बाट दैनिक विहान ४.३० बजेदेखी ६ बजे सम्म नियमित कक्षा सन्चालन गरीने समितिमा सचिव त्रिलोचन गौतमले जानकारी दिनु भयो ।

शिविरमा पातन्जलि योग समिति कमलका अध्यक्ष कृष्णप्रसाद ओझा, कोषाध्यक्ष मोहनलाल खनाल, दमक नगरसमिति अध्यक्ष दुर्गा प्रसाद भण्डारी , कोशी प्रदेश महामन्त्री लक्ष्मिप्रसाद काफ्ले , महिला पतन्जलि झापा अध्यक्ष सुशिला निरौला, महामन्त्री निर्मला गजुरेल लगायतले आसन, प्रणायम, आहारविहार तथा जीवनशैली लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।


भोलीदेखी नियमित सन्चालनहुने योग कक्षाको सहजीकरणका लागी रविन भण्डारीको अध्यक्षतामा ९ सदस्य समिती समेत गठन गरिएको छ ।

समितीको उपाध्यक्ष चन्द्र शेखर गुरुङ्ग, सचिव सविता काफ्ले,सह सचिव मञ्जु भुसाल कोषाध्यक्ष पुष्पालता आचार्य सदस्य भगवती कटुवाल, विलास बराल, रत्ना खतिवडा, र सपना तामाङ्ग चयन हुनुभएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend