logo
शुक्रबार, साउन २९ २०८३

आफ्नै पालिका बाट श्रम स्वीकृत लिन सकिने


  • उमानाथ भण्डारी
  • बिहिबार, बैशाख १४ २०८०

कमल । बैदेशीक रोजगारी जाने युवाहरले अब आफ्नै पालिका बाट श्रम स्वीकृत लिन सक्नेछन् ।
वैदेशीक रोजगारीमा जाने युवाहरुले आफ्नै पालिका बाट श्रम स्वीकृत दिन नेपाल सरकारले व्यवस्था मिलाएको हो ।
नेपालसरकाले २०८० साल बैशाख १ बाट देश भरका पालिका बाट यो सुविधा सुरु गरेको छ ।

झापाको कमल गाउँपालिका १ का मानबहादु कटुवालले आफ्नै पालिका बाट श्रम स्वीकृत लिनुभएको छ 

श्रम स्वीकृतीको सेवा लिन चाहानेले युवाले आफ्नो पासपोर्ट,नगरिकताको प्रमाणपत्र, आफ्नो बैंक खाता भएको बैंकको चेबबुक,करार सम्झौंता पत्र, पासपोर्ट साईजको फोटा, समाजिक सुरक्षा कोष (एसएसएफ) , ईन्स्योरेन्स र कत्याणकारी कोषका लागी लाग्ने आवश्यक रकम ईसेवा वा खल्ति एप्स बाट भुक्तनी गर्नुपर्ने हुन्छ ।
त्यसकालागी पालिका जानुभन्दा पहिले आफ्नो मोवाईलमा ईसेवा वा खल्ति एप्स डाउनलोड गरी आफ्नो पालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क राखेमा पालिका बाटै श्रम स्वीकृत सम्बन्धिका सम्पुर्ण कामहुने कमल गाउँपालिकाका रोजगार संयोजक भरत तिवारीले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend