logo
शुक्रबार, साउन २९ २०८३

आयोजक ‘अल इन वान’ फाइनलमा प्रवेश


  • कुइनेटो न्युज
  • बिहिबार, बैशाख १४ २०८०

बिर्तामोड । आयोजक ‘अल इन वान’ क्लब प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक ‘अल इन वान’ फाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा भएको खेलमा आयोजकलाई जित दिलाउन २१ औं मिनेटमा लक्ष्मी श्रेष्ठ पहिलो गोल गरिन् । त्यस्तै २८ औं र ४८ औ मिनेटमा सविता मगरले थप २ गोल गरिन ।

यस्तै आयोजकका लागि अनिता लम्जेलले खेलको ५३ औ मिनेटमा चौथो गोल गरीन् । उसका लागि ५ औं गोल खेलको इन्जुरी समयमा मेनुका मगरले गर्नुभएको थियो ।

खेलमा मोरङले एक गोल फर्काको थियो । उसका लागि ४९ औं मिनेटमा बिष्णु संवाहाम्फेले एक गोल गर्नुभएको थियो ।

आजको खेलमा आयोजककी सविता मगर ‘प्लेयर्स अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाउनु भयो ।

प्रतियोगितामा भोलि (बिहिबार) नमोबुद्ध युवा क्लब सप्तरी र गाईघाट फुटबल क्बल उदयपुरबिच दोस्रो सेमिफाइनल खेल हुने छ ।

बिहिबारको खेलको विजेतासंग आयोजक ‘अल इन वान’ले १६ गते शनिबार फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend