logo
शुक्रबार, साउन २९ २०८३

कमलनगर जेसिज द्वारा युनाइटेड क्लबलाई खेलकुद सामाग्री हस्तान्तरण


  • उमानाथ भण्डारी
  • बुधबार, बैशाख १३ २०८०

कमल । कमलनगर जेसिजले खेलकुदको विकासकालागी युनाइटेड क्लबलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।
कमल गाउँपालिका २ स्थित श्री महेन्द्र रत्न माध्यमिक विध्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा जेसीजका अध्यक्ष जेसी रिजु कार्कीले युनाइटेड क्लबका अध्यक्ष तिनिल लिम्बू चेमजुङ,लाई खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
गरिएको हो ।
कमलनगर जेसिज वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसि तिर्थ पौडेलको सम्योजकत्वमा, सम्पन्न कार्यक्रममा कमलनगर जेसिज वर्ष २०१८ का अध्यक्ष तथा हाल कमल १ का वडा अध्यक्ष जेसी केदार कटुवालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा विध्यालयमा प्रधानाध्यापक बालकृष्ण संग्रौला , कमलनगर जेसिज वर्ष २०२० का अध्यक्ष जेसि हेम दाहाल , वर्ष २०२१ का अध्यक्ष जेसि छत्रपती खनाल(गोपाल ) जेसीजका निवर्तमान अध्यक्ष जेसि नारायण बस्नेतलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण कमलनगर जेसीज वर्ष २३ का महासचिव जेसि हरि अधिकारीले गर्नु भएको थियो ।

,

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend