अधिकारीलाई कार्यबाहक प्रधानाध्यापकको पत्र प्रदान गर्दै ओमप्रकाश खड्का (दायाँ) साथमा पुर्व प्रधानाध्यापक काजिमान पौडेल (रातो सर्ट)
कमल । कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक बिध्यालयको कार्यबाहक प्रधानाध्यापक पदमा मधुसुधन अधिकारी नियुक्त हुनुभएको छ ।
अधिकारी निजी श्रोत शिक्षकको रूपमा २०४६ सालमा नियुक्त भई २०५२ सालबाट माध्यमिक विध्यालय तहको अस्थायी दरबन्दीमा रहँदै, २०६१ सालमा निम्नमाध्यमिक द्वितीय तहमा स्थायी भएर हाल निम्न माध्यमिक प्रथम तहमा कार्यरत हुनुहुन्छ ।
बिध्यालयमा लामो समय सम्म कार्यरत शिक्षक तथा प्रधानाध्यापक काजीमान पौडेलको अनिवार्य अवकास भई कार्यबाहक प्रधानाध्यापक को जिम्मेवार सम्हाल्दै आउनु भएका ओमप्रकाश क्षेत्री खड्काको समेत शनिवार बाट अनिवार्य अबकास भए पछि अधिकारी कार्यबाहक प्रधानाध्यापक पदमा नियुक्त हुनुभएको हो ।