कमल । हाम्रो नेपाल बचत तथा ऋण सहकारी सस्थाले आज केर्खामा सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
विर्तामोड नगरपालिका ४ मा मुख्य कार्यालय रहेको सहकारीले कमल गाउँपालिकाको केर्खामा सेवाकेन्द्र स्तरीय सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
सहकारीले हाल झापा,मोरङ्ग र ईलामगरी ३ वटा जिल्लाका तिस वटा शाखा मार्फत ३३ हजार सदस्यलाई सेवा प्रवाह गरिरहेको छ । सस्थाले आज सम्ममा २२ वटा शाखाका सदस्यहरु माझ सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको सस्थाका उपाध्यक्ष राजेन्द्र प्रसाद गौतमले जानकारी दिनुभयो ।
पछिल्लो समय सहकारी सिद्घान्त अनुरुप सन्चालन नभएका कारण कतिपय सहकारीले सदस्यको विश्वस गुमाउनु परिरहेको छ । त्यस्तै सहकारीले सदस्यलाई बढी सुविधा दिने बहानामा नियम विपरित सेवा सुविधा दिएका कारणले समेत सहकारीमा समस्या श्रृजना भएकोे कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले बताउनु भयो ।
सदस्यले सहकारीमा कारोवा गर्दा बढि सुविधाको प्रलोभन भन्ना पनि सस्थाको आर्थिक अवस्था मजबुत भएका सककारी छनौट गरेर त्यस्ता सहकारीमा मात्र कारोवार गर्नुपर्ने हुन्छ । सहकारीका सन्चालकले नियम विपरित कर्जा लिएको र समयमा नतिरेका कारण बचतकर्ताको रमक जोखिममा पर्ने सम्भावना उच्च रहेको बताउदै बचतकर्ता को बचतलाई सुरक्षित गर्नु पर्ने अवस्था आएकोले एउटै उद्देश्य लिएर स्थापना भएका सहकारी बिच एकिकरण हुन आवश्यक रहेको समेत अध्यक्ष कोईरालाले बताउनु भयो ।
सस्थाले उत्कृष्ट कारोवार गर्ने सदस्यलाई पुरस्कृत समेत गरेको छ । यसरी पुरस्कृत हुनेमा जेष्ठ सदस्य तर्फ दामोदर काफ्ले र लिलादेबी भट्टराई, उतकृष्ट बचत तर्फ लक्ष्मि भण्डारी, उत्कृष्ट कर्जा तर्फ सन्तोस फँुएल र वालबचत तर्फ विष्णु न्यौपानलाई दोसल्ला, सम्मान पत्र र नगद बाट सम्मान गरिएको थियो ।
सस्थाका शिक्षा तथा तालिम समिति संयोजक कृष्ण प्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका सहकागीलाई सस्थाका अध्यक्ष भवानी प्रसाद दंगालले सहजी करण गर्नु भएको थियो भने तालिम विभाग प्रमुख ज्योति नेपालले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।