कमल । कमल गाउँपािलकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले आज आफ्ना श्रीमान धनप्रसाद तिवारीको ९ औं स्मृती दिवशका उपलक्षमा दान पेटीका हस्तान्तरण गर्नु भएको छ ।
आफ्ना श्रीमानले शिक्षा र सहकारीका क्षेत्रमा पुर्याएको योगदानलाई चिरस्थाई बनाई राख्नकालागी श्रीमानको स्मृती दिवशका अवसर पारेर दान पेटीका हस्तान्तरण गरिएको हो ।
सामुदायीक विध्यालयमा अध्यायनरत विध्यार्थिलाई शैक्षिक क्षेत्रमा सहयोग पुगोस भन्ने उद्येश्यले गाउँपालिकामा भएका २७ वटा सामुदायीक विध्यालय र गाउँपालिकालाई दान पेटीका हस्तान्तरण गर्नुभएको हो ।
विध्यालयमा हुने विभिन्न कार्यक्रममा भएको खर्चलाई कटाएर दान पेटिका जम्मा गर्न शिक्षक तथा विध्यार्थिलाई प्रोत्साहीत गर्न सकियो भने यसमा जम्मा भएको रकमले विध्यालयमा अध्यायनरत गरिव तथा जेहन्दार विध्यार्थिलाई स्टेसनरी लगायतका शिर्षकमा खर्च सकिने कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहालले बताउनु भयो ।
आर्थिक स्थिती कमजोर भएका कारण विध्यालयको शिक्षा दिन बाट बन्चित विध्यार्थिलाई तपाई हामिले दिएको सानो सहयोगले ठुलो सहयोग पुग्ने छ । कतिपय विध्इार्थि फि तिर्न नसकेर परिक्षा दिन बाट बन्चित विध्यार्थिलाई समेत दानपेटकिामा जम्मा भएको रकमले ठुलो सहयोग पुग्ने उपाध्यक्ष तिवारीले बताउनु भयो कार्यक्रममा १ नम्वर वडा अध्यक्ष केदार कटुवाल , शिक्षाशाखा प्रमुख सुर्य प्रसाद न्यौपाने लगायतले दान पेटीकाले शैक्षीकक्षेत्र सुधारमा उललेखनिय सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा जनप्रतिनिधी का साथै विध्यालय व्यवस्थापन समितीका अध्यक्ष र प्रध्यानाध्यापक लगायको उपस्थिती रहेको थियो ।
कार्यक्रममाको उद्येश्यमाथी तिवारीका भाई गोविन्द तिवारीले कार्यक्रमको उद्देश्यमाथी प्रकास पार्दै शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।