विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्कोचैत २९ बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
मन्त्रीपरिषद् बैठकले गरेका निर्णयमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७९स्वीकृत गर्ने र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व नियमवली २०७५ खारेज गर्ने निर्णय गरेको छ ।
त्यस्तै मनमोहन प्राविधिक विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणकालागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि आर्थिक सहयोग उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । ले जनाएको छ ।
त्यसैगरी मनमोहन प्राविधिक विश्वविद्यालयकालागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि विभिन्न विषयका विज्ञ र दक्षप्राविधिक प्रशिक्षक उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने तथा कोरोना भाइरस प्रकोपको सतर्कताकालागि आवश्यक पहलकदमी चाल्नकालागि स्वास्थ्य मन्त्रालयलाई निर्देशनदिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।