logo
शुक्रबार, साउन २९ २०८३

खानेपानी उपभोक्ता संस्थाले दमक नगरपालिका भित्रका ९वटा वडाका अगुवा उपभोक्तासंग अन्तरक्रिया


  • कुइनेटो न्युज
  • मंगलबार, चैत्र २८ २०७९

दमक । दमक खानेपानी उपभोक्ता संस्थाले दमक नगरपालिका भित्रका ९वटा वडाका अगुवा उपभोक्तासंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
दमक ८र९ का अगुवा उपभोक्ताहरुसंग दमक ८ को वडा कार्यालयमा भएको कार्यक्रममा अन्तरक्रिया गरेको हो । दमक सहरी खानेपानी तथा सरसफाई आयोजनाको मुख्य पाइप लाइन खन्ने तथा पुर्ने कार्यका लागि उपभोक्ताको सहयोग सम्वन्धि छलफल गरेको संस्थाका अध्यक्ष रोशन गौतमले बताउनु भयो । नगर पालिकाको मापदण्ड भित्र पर्ने सडक,गल्लीमा पाइप विस्तार अवरोध नगरी सहयोग गर्न उपभोक्तालाई सहयोग गर्न अध्यक्ष गौतमले अनुरोध गर्नु भयो । सहरी खानेपानी सरसफाई आयोजना कार्यक्रम इटहरीका सामाजिक सुरक्षण विज्ञ शिशिर गौतमले दमकको खरखरे, अडियामल लगायतका ठाउँमा खानेपानीको मुख्य पाइप लाइन बिस्तारको सरकारी प्रक्रिया अघि बढीरहेको हुदा सम्वन्धि क्षेत्रका आम उपभोक्ताहरुले मौखिक र लिखित सहमति दिन उपभोक्ताहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा वडावासीका तर्फवाट दमक ८ का वडा अध्यक्ष दिपेश दाहाल, वडा सदस्य पदम गिरी, दमक ९का वडा सदस्य नरेश वञ्जराले पानीको महसुल महगो भएको , खानेपानीको मिटर दिदा चको शुल्क लिएको, पानी धमिलो आउने, धारा जडानको मुल्य धेरै भएको ,खानेपानीको पाइप सार्न समस्या भएको लगायत समस्या राख्दै वडा सरकारको तर्फवाट सहयोग सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् ।
सहभागी उपभोक्ताहरु दमक ८का पारस नेपाल, कृष्णराज थापा,दमक ९का लक्ष्मी वराल ,र मोहन वोगटी लगायतले राखेको जिज्ञासाको जवाफ खाने पानी संस्था अध्यक्ष गौतम र सामाजिक सुरक्षण विज्ञ शिशिर गौतमले दिनु भएको थियो । दमक १,२,३,४,५,६र७ का अगुवा उपभोक्ता बीच खाने पानी संस्थाको कार्यालयमा अन्तरक्रिया गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend