logo
शुक्रबार, साउन २९ २०८३

प्रहरी चौकी केर्खामा मिश्रको बिदाई र कोईरालालाई स्वागत


  • उमानाथ भण्डारी
  • आइतबार, चैत्र १९ २०७९

कमल । झापाको कमल गाउँपालिका ३ स्थित प्रहरी चौकी केर्खामा फेरि भेटौंला कार्यक्रम अन्तर्गत मिश्र को बिदाई र कोईरालालाई स्वागत गरिएको छ ।

आईतावार चौकीमा आयोजित कार्यक्रमा अन्तर्गत चौकी ईन्चार्ज प्रहरी नायब निरीक्षक सुवास मिश्रको विदाई र सो ठाउका नेतृत्व सम्हाल्न आउनु भएका प्रहरी वरिष्ठ नायब निरीक्षक अशोक कोईरालालाई स्वागत गरिएको हो ।

कार्यक्रममा जनप्रतिनिधी,कमलनगर जेसीज, कमल उद्योग वाणिज्य संघ, लगायत स्थानिय संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधी , स्थनिय वासीको उपस्थितीमा अबिर , माला, खादा लगाएर स्वागत तथा विदाई गर्नु भएको थियो ।

२०७१ साल देखी प्रहरी सेवामा प्रवेश गर्नु भएका मिश्रले सिराहा, सोलुखुम्बु,गौरिगंज हँुदै २०७९ साल जेठ २० गते देखी प्रहरी चौकि केर्खाको ईन्चार्जका रुपमा कार्यरत मिश्र अपराध अनुशन्धानका साथै साईवरक्राईम अनुभवी मानिनुहुन्छ । मिश्र आज बाट सरुवा भई जिल्ला प्रहरी कार्यालय झापा जानुभएको हो ।

त्यस्तै वहाको ठाउमा सरुवा भएर आउनुहुने प्रहरी वरिष्ठ नायव निरिक्षक कोईराला २०६१ साल बाट नेपाल प्रहरीमा प्रवेशगरी देशका विभिन्न ठाउँमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न सफल रहनु भएका कोईराला ईलाका प्रहरी कार्यालय धुलावारी बाट चौकी ईन्चार्जका रुपमा सरुवाभई केर्खामा आउनु भएको हो ।

कमल गाउँपालिका ३ नम्वर वडा कार्यालयका अध्यक्ष अग्नि प्रसाद कोईरालाको अध्यक्षतामा भएको फेरी भेटौंला कार्यक्रममा ४ नम्वर वडा अध्यक्ष चन्द्रप्रसाद भट्टराई,विरेन्द्रकुमार याक्थुम्बा,शेलिना राई लगायतले स्वागत तथा विदाई मन्तव्य राख्नु भएको थियो । कार्यक्रम कुमार खतिवडाले सन्चालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend