logo
शुक्रबार, साउन २९ २०८३

कमलनगर जेसीज द्वारा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीलाई जेसीज कोर्षका बारेमा अभिमुखिकरण तालिम प्रदान


  • उमानाथ भण्डारी
  • शनिबार, चैत्र १८ २०७९

कमल ÷ कमलनगर जेसीजको आयोजनामा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुसंग जेसीज कोर्षका बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कमल १ स्थित कमलपोखरीको सभाहलमा शुक्रवार सम्पन्न कार्यक्रममा वडामा रहेका दुई वटा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुसंग जेसीज कोर्षको बारेमा अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।

कार्यक्रम उपस्थित सहभागीलाई धुलावारी जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी योगेश राजवंशि र कमलनगर जेसीज वर्ष २०२२ का अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२३ का लागि राष्ट्रिय तालिम कमिटि मेम्बर जेसी नारायण बस्नेतले सहजिकरण गर्नुुभएको थियो ।
कमलनगर जेसीज वर्ष २०२३ का उपाध्यक्ष जेसी रोशन अधिकारीको संयोजकत्वमा वर्ष २०२३ का अध्यक्ष जेसी रिजु कार्कीको अध्यक्षतामा र कमलनगर जेसिज वर्ष २०१८ का अध्यक्ष तथा हाल कमल गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष केदार कटुवालको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कमलनगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहालु ,धुलाबारी जेसीज वर्ष २०२३ का उपाध्यक्ष जेसी शुलभ भण्डारी, बिद्यासदन अग्रेजी माध्यमिक विध्यालयका प्रिन्सिपल गणेश रेग्मी, शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मी आचार्य, इन्द्रलोहनी स्मृति बिद्यालयमा प्रिन्सिपल सुजन बस्नेत, सहायक प्रिन्सिपल तुलशा कटुवाल लगाएतको उपस्थिती रहेको थियो ।
कमल १ स्थित बिद्यासदन अंग्रजी माध्यमिक विध्यालय र ईन्द्र लोहनी मेमोरियल स्कुल कमल २ का शिक्षक , अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । आगामी वर्ष २०८० सालबाट बिद्यासदन र इन्द्रलोहनी स्कुलमा जेसीज कोर्षको पढाई हुने भएको कमल नगर जेसीजका महासचिव हरि अधिकारीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend