logo
शुक्रबार, साउन २९ २०८३

काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले दमकमा निःशुल्क बाल स्वास्थ्य शिविर गर्ने


  • मनकुमार गदाल
  • बिहिबार, चैत्र १६ २०७९

दमक । काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइराला सहितको चिकित्सकको टोलीले झापाको दमकमा बृहत निशुल्क बाल स्वास्थ्य शिविर गर्ने भएको छ ।
काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले आज दमकमा पत्रकार सम्मेलन गरेर चैत १९,२०र २१ गते दमक ७ स्थित नेपाल रेडक्रस सोसाइटी दमक परिसरमा रहेको किओच दमक बाल अस्पतालमा निःशुल्क बाल स्वास्थ्य शिविर गर्ने भएको हो । सो स्वास्थ्य शिविरमा डाक्टर भगवान सहितको वरिष्ठ बाल रोग तथा मुटुरोग विशेषज्ञले विरामीको स्वास्थ्य परिक्षण गर्ने दमक वाल अस्पतालको परियोजना संयोजक डाक्टर नविन ढकालले जानकारी दिनु भयो । स्वास्थ्य शिविरको प्राविधिक सहयोग मनमोहन कार्डियोभास्कुलर,थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरको रहेको छ ।
वाल स्वास्थ्य शिविरमा डाक्टर कोइराला, डा।सुधा बस्नेत,डा।रत्नमणी गजुरेल ,र डा संगिता बस्नेत लगायतले स्वास्थ्य परिक्षण गर्ने दमक बाल अस्पतालले जनाएको छ ।
वाल स्वास्थ्य शिविर सम्पन्न गरे पछिका दिनमा दमक वाल अस्पतालको ओपीडी सेवा शुभारम्भ गर्ने पत्रकारको जिज्ञासाको जवाफ दिदै बताउनु भयो । वाल अस्पताल गैर नाफामुलक स्वास्थ्य संस्था भएकोले सर्वभ सुलभ र गुणस्तर सेवा दिने,अस्पतालमा आएको विरामी पैसाको अभावमा त्यसै घर फर्किन नपरोस भनेर प्रणाली गत उपचार गर्ने डाक्टर ढकालले बताउनु भयो । यो अस्पताल निजी नभएर गैर नाफा मुलक ५० शैथ्याको रहेको भविष्यमा स्वास्थ्य विमा चलाउन पहल गर्ने पनि दमक वाल अस्पतालको मेडिकल सुपरिटेण्डेट डाक्टर जयमणी श्रेष्ठले पत्रकारको प्रश्नमा उत्तर दिदै बताउनु भयो ।
पत्रकार सम्मेलनमा सहभागी नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीले पत्रकारहरुलाई निशुल्क वाल स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न गर्न आफनो ठाउँवाट सहयोग गर्न आग्रह गर्दै केही समयपछि दमक वाल अस्पतालले गुणस्तरीय सेवा दिने संकेत देखा परेको बताउनु भयो । दमकवासीका लागि डाक्टर भगवान कोइराला,वाल अस्पतालले धेरै अवसर प्रदान गर्ने रेडक्रसका सभापति बुढाथोकीको भनाइ छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend