logo
शुक्रबार, साउन २९ २०८३

स्वास्थ्य रहने एकमात्र उपाय भनेकै योग साधना , त्यसैले योग प्रतिको आकर्षण बढ्दो


  • उमानाथ भण्डारी
  • बिहिबार, चैत्र ९ २०७९

कमल ÷ पछिल्लो समय कार्यव्यस्तता र खानपिनका कारण मानिसमा विभिन्न समस्या आउन थालेपछि योग प्रतिको आकर्षण बढ्न थालेको छ ।
मानिसलाई विभिन्न कारणले व्यस्तता बनाउन थाले पछि खानपिनमा समेत ध्यान नपुगर विभन्नि समस्या उत्पन्न हुन थालेको छ ।त्यसैले यसलाई न्युनिकरण गर्नकालागी मानिसहरुको योग प्रतिको आकर्षण बढ्न थालेको हो ।
दैनिक रुपमा योगप्रति मानिसको आकर्षण बढ्न थालेपछि यसलाई प्रवद्र्धनकालागी पतन्जलि योग पिठ नेपाल , पतन्जलि योग समिति नेपाल ,महिला पतन्जलि योग समिति नेपाल ,युवा समिति नेपाल संयुक्त रुपमा प्रवद्र्धन गर्दै दमक स्थित मेचि बहुउद्देश्यीय सहकारी दमकको सभाहलमा निरन्तर योग सम्बन्धि कक्षा सन्चालन सुरुगरेको छ ।
२०६२ साल बाट पुर्वमा नै पहिलो पटक योग सन्चालन गर्न सफल सहकारीले त्यसयता निरन्तर रुपमा योग सम्बन्धि विभिन्न कार्यक्रम सन्चलन गर्दै आएको सहकारीले जनाएको छ ।
“गरौं योग, बनौं निरोग” भन्ने नाराका साथ दैनिक विहान ४ बजे देखी ६ बजे सम्म सन्चालन हुने योग साधना केन्द्रमा उपस्थित सहभागीलाई आशन,प्रणायान, ध्यान र आहार विहारले मानव शरिरमा पुग्ने फाईदाका विषयमा कोशी प्रदेशका महामन्त्री लक्ष्मिप्रसाद काफ्लेले सहजिकरण गर्दैहुनुहुन्छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend