logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका द्वारा कृषि सामग्री हस्तान्तरण


  • उमानाथ भण्डारी
  • बिहिबार, चैत्र २ २०७९

कमल । झापाको कमल गाउँपालिकाले कृषकहरुकालागी कृषि सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकामा रहेर व्यवसायीक रुपमा कृषी पेशा गर्दै आएका कृषकलाई सिचाईमा सहयोग पुगोस भन्ने उदेश्यले सिचाई मोटर हस्तान्तरण गरेको गाउँपालिकाको कृषी विकास शाखाले जनाएको छ ।
गाउँपालिकामा दर्ता भएका टोल विकास सस्थाहरु मध्ये बाट प्राप्त ६० वटा निवेदनको आधारमा प्रत्येक टोल विकास सस्थालाई एक सय प्रतिशत अनुदानमा एकएक थान सिचाई मोटर प्रदान गरिएको कृषी शाखा प्रमुख महेन्द्र बोहोराले जानकारी दिनुभयो ।
कृषी पेशाका लागी नभईनहुने भनेको सिचाई हो । राम्रो सग सिचाई हुन सकेन भने उत्पादन हुदैन । जव सम्म कृषीमा राम्रो उत्पादन हुदैन तव सम्म कृषी क्षेत्रको विकास सम्भव छैन । त्यसैले सिचाईमा सहयोग पुगोस भन्ने उद्येश्यले प्रत्येक टोलमा एक एक थान सिचाई मोटर निःशुल्क प्रदान गरेका छौ यसले कृषकले लगाएको बालिलाई सिचाई सहयोग पुग्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।
कृषि समाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने, सात वटै वडाका वडा अध्यक्ष जनप्रतिनिधी , कर्मचारी, कृषक समुह समितीका अध्यक्ष तथा प्रतिनिधी , टोल विकास सस्थाका प्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend