logo
शुक्रबार, साउन २९ २०८३

सिन्धुलीको फिक्कलमा बस दुर्घटना, ५ जनाको मृत्यु


  • कुइनेटो न्युज
  • आइतबार, फाल्गुन २८ २०७९

सिन्धुली । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस आज बिहान ९ः१५ बजे सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले प्रहरीमार्फत् आफूले उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको जानकारी पाएको बताएकी छन् ।

प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । ती मध्ये १९ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend