logo
शुक्रबार, साउन २९ २०८३

अन्तरपालिका स्तरिय नकआउट फुटबल प्रतियोगिताको आजको उद्घाटन खेलमा शिवसताक्षी र अर्जुनधार नगरपालिका बिजयी


  • कुइनेटो न्युज
  • शुक्रबार, फाल्गुन १३ २०७८

उमानाथ भण्डारी

कमल ,फागुन १३÷आज बाट झापा जिल्ला अन्तरपालिका स्तरिय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
शिवसताक्षी नगरपालिका ११ स्थित दुधे खेल मैदानमा सुरु भएको प्रतियोतिाको उद्घाटन नगरप्रमुख चन्द्रकुमार शेर्माले गर्नु भएको थियो ।
प्रतियोतिाको उद्घाटन पछि शुभकामना मन्तव्यका दिदै जसले प्रतियोगिता जित्छ उसैले आयोजना गर्नुपर्ने भएकोले गत वर्ष सन्चालन भएको चौथो संस्करण हामिले जितेका कारण यो पाचौ संस्करण हामिले आयोजना गरेका हो । यसमा सबै खेलाडी मित्रहरलाई ईमान्दारीता पुर्ब खेल्न सबैले जित्न नगर प्रमुख शेर्माले शुभकामना दिनुभयो
यस्ता प्रतियोताले खेलाडी हरुमा भित्रमा बढ्नुका साथै एक आपसमा सुमधुर सम्बन्ध कायम गर्ने भएकोले पालिका का कर्मचारी विच प्रतियोगिताको आयोजना गरिएकोले सबैले ईमान्दारिता पुर्वक खेल्न वारदशी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्र प्रसाद गुराँगाईले बताउनु भयो ।
प्रतियोगितामा झपाका १५ वटै पालिकाका कर्मचारी विच प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ट्रफी , मेडल र प्रमाणपत्र पाउने छन् भने द्वितिय हुनेले नगद ३५ हजार रुपैया सहित ट्रफी , मेडल र प्रमाणपत्र पाउने छन् । त्यसैगरी मेन अफ द म्याच २ हजार उत्कृष्ट गोल किपर ५ हजार, उत्कृष्ट डिफेन्स ५ हजार, उतकृष्ट मिड फिल्डर ५ हजार, उत्कृष्ट स्टाईगर ५ हजार अधिकतम गोलकर्ता ५ हजार र सर्वोकृष्ट खेलाडी ६ हजार रुपैया सहित ट्रफी , मेडल र प्रमाणपत्र पाउन शिवसताक्षी नगरपालिका खेलकुद विकास समितीका अध्यक्ष फुर्वा लामाले जानकारी दिनुभयो ।
त्यसैगरी आज भएको उद्घाटन खेलमा बारदशी गाउँपालिका लाई ३ दुईले हराउदै शिवसताक्षी नगरपालिका विजय भएको छ भने दोश्रो खेलमा बुद्धशान्ति गाउँपालिका लाई ३ एकले हराउदै अर्जुनधार नगरपालिका बिजयी भएको आयोजकले जनाएको छ ।
भोलीको खेल गौरीगंज गाउँपालिका र कमल गाउँपालिका तथा झापा गाउँपालिका र कन्काई नगरपालिका बिच हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend