logo
शुक्रबार, साउन २९ २०८३

पत्रकार उपचार कोषमा डा. मैनाली दम्पत्तिद्वारा २५,५५५ रुपैंया आर्थिक सहयोग


  • कुइनेटो न्युज
  • बुधबार, फाल्गुन २४ २०७९

बिर्ताामोड, फागुन २४ । झापाको बिर्तामोड–३ निवासी डा. लक्ष्मीप्रसाद मैनाली र मेची क्याम्पसकी उपप्राध्यापक सुमा सेढाई(मैनाली)ले आफ्नो बैवाहिक वर्ष गाँठको अवसरमा पत्रकार महासंघ झापा शाखालाई आर्थिक सहयोग गरेका छन् ।
१७ औं बैवाहिक वर्ष गाँठको अवसर तथा नाारी दिवसको सन्र्दभ पारेर आज पत्रकार महासंघ झापा शाखाद्वारा स्थापना गरिएको साहारा उपचार कोषमा २५ हजार पाँच सय ५५ रुपैंया प्रदान गरेका हुन् । २८ वर्षदेखि झापाको बिर्तामाड स्थित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत डा. मैनालीले आफ्नो बैवाहिक वर्ष गाँठको अवसर पारेर आर्थिक सहयोग गर्दै वैबाहिक वर्ष गाँठ मनाएका हुन् ।
डाक्टर दम्पत्तिले समाज रुपमान्तरमा पत्रकारको अहम भूमिका रहेको भन्दै उपचारमा आर्थिक अभाव नहोस् भन्ने उद्धेश्यले आर्थिक सहयोग गरेको बताए । उनीहरुले आर्थिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन् ।
झापा शाखाका कुनै पनि पत्रकार अस्वस्थ्य भएर उपचारका लागि आफुसमक्ष आएमा उनीहरुको आफुले लिने शुल्कमा छुट दिने प्रतिबता समेत जनाएका छन् । स्वास्थ्य क्षेत्रमा छुट्टै पहिचान बनाएका मैनालीले पत्रकार महासंघको वर्तमान नेतृत्वले गरेको कामको प्रशंसा समेत गरे ।
कायर्यक्रममा पत्रकाार महासंघ झापा शाखाकी उपाध्यक्ष सुशिला संग्रौलाले डा.मैनाली र उपप्रधापक सेढाईलाई बैवाहिक वर्ष गाँठको शुभकामना दिदैं पत्रकार उपचार कोषमा आर्थिक सहयोग गरेको भन्दै धन्यवाद दिइन् ।
पत्रकार महासंघ झाापा शाखाका सह–सचिव अर्जुन राजवंशीले सञ्चालन गरेको कार्यक्रममा कोषध्यक्ष रञ्जित प्रसाई, कार्यसमिति सदस्यहरु रञ्जित परियार, विनोद पाण्डे, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, एभिन्यूज टेलिभिजनका झापा संवाददाता सन्तोष न्यौपाने, शब्दपत्र डट.कमका सम्पादक उद्धप पुरी लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ७० लाख जम्मा भएको जनाइएको छ ।

बिर्तामोड एजुकेशन फाउण्डेशनद्वारा पत्रकार उपचार कोषलााई २५,१२५ रुपैंया प्रदान


बिर्तामोड, फागुन २४ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड एजुकेशन फाउण्डेशनले वार्षिकोत्सवको अवसरमा पत्रकार महासंघ झापा शाखाको उपचारमा आर्थिक सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित साहारा पत्रकार उपचार कोषलाई २५ हजार एक सय २५ रुपैयाँ आर्थिक सहयोग गर्दै फाउण्डेशनले वार्षिक उत्सव मनाएको हो । फाउण्डेशनका अध्यक्ष राजकुमार कर्कीले नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भट्टराई,कोषाध्यक्ष रञ्जित प्रसाई, कार्यसमिति सदस्य होमप्रकाश अधिकारी, उद्धव पुरी, सन्तोष न्यौपाने, नरेन्द्र ढकाल, हरिकृष्ण भण्डारी लगायत पत्रकारको टोलीलाई रकम हस्तान्तरण गरेको हुन् ।
सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक काम गर्दै आएको बिर्तामोड एजुकेशन फाउण्डेशनले वार्षिक उत्सवको अवसरमा पत्रकार उपचार कोषलाई रकम हस्तान्तरण गरेको अध्यक्ष कार्कीले बताए । बिर्तामोडमा मुख्य कार्यालय रहेको फाउण्डेशनले मंगलबार संस्थाको छैटौं बार्षिकोत्सवका अवसरमा पत्रकार महासंघलाई आर्थिक सहयोग गरेको हो । बिर्तामोड–४ का मुख्य कार्यालय रहेको फाउण्डेशनले कुनै पनि पत्रकारको उपचारमा अभाव नहोस् भन्ने उद्धेश्यले आर्थिक सहयोग गरेको जनाएको छ ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष केशव भट्टराईले महासंघलाई आर्थिक सहयोग गरेको भन्दै फाउण्डेशनलाई सफलताको शुभकामना दिए । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ७० लाख जम्मा भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend