logo
शुक्रबार, साउन २९ २०८३

अध्यक्ष राईले जन्मदिनको अवसर पारेर गर्दै आएको सेवामुलक कामलाई यसबर्ष पनि निरन्तरता


  • उमानाथ भण्डारी
  • सोमबार, फाल्गुन २२ २०७९

कमल । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जन्मदिनको अवसर पारेर गर्दै आएको सेवामुलक कामलाई यसबर्ष पनि निरन्तरता दिनुभएको छ ।

नेपाली कांग्रेसका एक नम्बर प्रदेश समिति सदस्य समेत रहेका युवा नेता राईले यस बर्षको जन्मदिन आफनै पालिका भित्रका दिर्घरोगीलाई घर घरमै पुगेर नगद तथा कमल नगर अस्तालमा आएका बिरामी र विरामीका कुरुवाहरुलाई फलफूल वितरण गरेर जन्मदिन मनाउनु भएको हो ।
सोमबार कमल गाउँपालिकाका विभिन्न वडाका असहाय तथा दिर्घरोगी चार जनालाई घरघरमै पुगेर जनही ११ हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गर्नुभएको हो ।
वहाँले पालिकाको वडा नं ४ जिवन चौकस्थित चन्द्रेश्वर पाञ्चायन शिवालय मन्दिरमा दर्शन गरी सर्वसाधारणहरुबाट आशिर्वाद लिँदै मन्दिरमा आवश्यक दुई थान बिद्युतीय पंखा र दुई थान बिजुली बत्ती समेत उपलब्ध गराउनु भएको हो ।

त्यस्तै वडा नं ६ मै रहेको धर्मज्योती किर्तन मण्डलीलाई एक थान हार्मोनियम र वडा नं ७ का मुसहर समुदायको सामुहिक कार्यक्रममा प्रयोग गर्न आवश्यक भाँडा वर्तन आदी उपलब्ध गराउनु भएको छ ।

अध्यक्ष राईले जन्मदै अपाङगताका कारण कष्टकर जिवन बिताइरहेकी वडा नं १ कि यास्मिका डाँगी, मनासिक स्वास्थ्य समस्याका कारण ओछयान परेका कमल ४ का मिन बहादुर सेन्चुरी , मिर्गौला सम्बन्धि समस्याबाट पीडित भइ भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचाररत कमल ३ का निर्मल फियाक र कमल २ का दिर्घरोगी पूर्णबहादुर दर्जीलाई जनही ११,००० रुपैयाँका दरले आर्थिक सहायता रकम हस्तान्तरण गर्नु भएको हो ।

अध्यक्ष राईले कमल अस्पतालमा बिरामी तथा बिरामीका कुरुवा र सहयोगीहरु समेत ७० जनालाई स्याउ, अंगुर, फ्रुटी लगायतका प्याकेज उपलब्ध गराउनु भएको थियो ।

बिरामी तथा कुरुवाहरुलाई फलफुल उपलब्ध गराउँदै साक्षात्कार समेत गरे । सो अवसरमा आम नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच बढाउनु पहिलो प्राथमिकता भएको बताउँदै अस्पतालबाट उपलब्ध सेवाबाट अधिकतम लाभ लिन आग्रह गरे । मैंले घर घरमा पुगेर बिरामीहरुको समस्यालाई नजिकबाट बुझेको छु ।
स्थानीय सरकारको पहुँच र साधन स्रोतले भ्याए सम्म बिरामीहरुको उपचार सेवालाई गुणस्तरीय बनाउने मेरो प्रतिबद्धता छ । अध्यक्ष राईले चुनाव ताका आफूले गरेको प्रतिबद्धता अनुसार स्वास्थ्य बीमाको सेवासहित कमल नगर अस्पताल सञ्चालनमा आएको पनि उल्लेख गर्नुभयो ।
अध्यक्ष राईले यसअघि जन्मदिनको अवसर पारेर आगलागी पीडितहरुलाई नगद राहत, अपाङगता भएकाहरुलाई ह्वीलचियर, विपन्न नागरिकलाई घर बनाइदिने लगायतका सेवामुलक काम गर्दै आउनु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend